बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

सिद्ध बाबा सडक खण्ड दैनिक ९ घण्टा बन्द हुने

आइतबार, १९ चैत २०७९, २० : २३
आइतबार, १९ चैत २०७९

बुटवल । सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडक दैनिक ९ घण्टा अवरुद्ध हुने भएको छ । सिद्ध बाबा सुरुङ मार्ग निर्माणको काम अघि बढेकाले मंगलबारदेखि दैनिक ९ घण्टा सडक बन्द रहने भएको जनाएको हो ।

निर्माण व्यवसायी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले रामापिथेकस पार्क नजिकको क्षेत्रमा सडक डाइभर्सनको कार्य सुरु गरेको र माथिबाट ढुङ्गाहरू खस्ने भएकाले सडक बन्द गरिएको बताइएको छ । सडक बिहान ११ देखि दिउँसो २ बजे र राती १०  देखि बिहान ४ बजेसम्म अवरुद्ध हुने छ ।

पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाको अध्यक्षतामा आइतबार बसेको राजमार्ग सुरक्षा समितिको बैठकले अर्को सूचना जारी नभएसम्म सडक बन्द गर्ने निर्णय गरेको हो । 

तर एम्बुलेन्सलगायत अत्यावश्यकता सवारी साधन सञ्चालनमा भने कुनै अवरोध नहुने  जनाएको  छ । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप