राजावादीले अभिनन्दन गरेपछि ज्ञानेन्द्रले भने–अहिलेको प्रणालीले कुनै परिणाम दिँदैन
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले स्थिरता र स्थायित्व सही राज्यपद्धति बिना हुन नसक्ने बताएका छन् । सुनसरीको इनरुवामा राजावादीहरुले अभिनन्दन गरेपछि सम्बोधन गर्दै पूर्वराजाले अहिलेको गणतान्त्रिक व्यवस्था कोरा र सतही भएको दाबी गर्दै आलटाल र टालटुलको प्रणालीले कुनै खँदिलो परिणाम दिन नसक्ने जिकिर गरे ।
‘स्थिरता र स्थायित्व सही राज्यपद्धति, शान्ति एवं अनुशासन बिना हुन सक्दैन’, उनले भने, ‘कसैलाई धन, कसैलाई मन, कसैलाई पद र कसैलाई कद दिएर, लोभाएर हाम्रो सामाजिक संरचना च्यात्ने प्रयास भइरहेको छ । परिवर्तन देखाउन अहिलेको कोरा र सतही फेरबदल आलटाल र टालटुलको प्रणालीले कुनै खँदिलो परिणाम दिँदैन ।’
राष्ट्र र राष्ट्रिय एकताको रक्षा गर्नु सबैको दायित्व भएको उल्लेख गर्दै पूर्वराजाले शान्ति, सुव्यवस्था र सुशासनका माध्यमबाट चौतर्फी विकासको बाटो लाग्नुपर्ने बताए । व्यक्ति, परिवार, समूह, दल वा गुट उपगुटमा अल्झिएर नभई हामी र हाम्रो भन्ने सुहाउँदो राष्ट्रिय अवधारणालाई प्रवाह गर्न सकेमा देश बन्ने उनको धारणा छ ।
उनले आफूलाई अभिनन्दन भाव प्रकट गरेकामा समर्थकहरूलाई धन्यवाद समेत ज्ञापन गरे । सो क्रममा राजावादीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण