पूर्वराजाको अभिनन्दनमा किन हटाए ‘श्री ५’ लेखिएका ब्यानर ?

इटहरी । पूर्वराजा ज्ञानेन्द्र शाहलाई सुनसरीको इनरुवामा अभिनन्दन गरिएको छ । राजावादी समूहले उनलाई सोमबार इनरुवामा अभिनन्दन गरेको हो । अभिनन्दन कार्यक्रमपछि सम्बोधन गर्दै उनले तन, मन, धन र पदमा लोभ्याएर सामाजिक संरचना कमजोर भएको बताए ।
देशमा देखिएको समस्यालाई आफूले नजिकबाट नियालिरहेको बताउँदै उनले परिर्वतन देखाउन अहिलेको कोरा र सतही फेरबदल आलटाल र टालटुलको प्रणालीले कुनै परिणाम नदिने टिप्पणी गरे । यस अघि भने प्रशासनले ‘श्री ५ महाराजधिराज’ लेखेको ब्यानर हटाएको थियो । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट सादा पोसाकमा खटिएका प्रहरीले पूर्वराजा शाहलाई अभिनन्दन गरिने चोकचोकमा टाँसेको श्री ५ लेखिएका ब्यानरहरू हटाएको हो ।
‘पूर्वराजा भनेर लेखिएको ब्यानर भने हटाइएको होइन,’ जिल्ला प्रहरी कार्यालय सुनसरीका एक प्रहरीले भने, ‘श्री ५ महाराजधिराज’ भनेर लेखिएको ब्यानर चाहिं हटाइएको हो ।’ पछिल्लो केही महिनायता शाह झापामा बस्दै आएका छन् । केही दिन अघि मात्रै उनी इटहरीस्थित बूढीगंगा–जमुना मुक्तिघाटमा सन्ध्याकालीन आरतीमा सहभागी हुनका लागि आएका थिए । यो समाचार राजधानी द्रैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बङ्गलादेशमा चुनावको सम्भावित मिति घोषणा
-
दोलखाको झ्याँकुमा बोलेरो दुर्घटना, १ जनाको मृत्यु
-
भारतमा कोभिड सङ्क्रमितहरूको सङ्ख्या पाँच हजार नाघ्यो
-
उत्तेजनाको राजनीति कांग्रेसको शैली होइन: महामन्त्री थापा
-
शान्तीश्री परियार र धिरज कोइरालाको स्वरमा ‘सिङ्गै जोबन दिन्छु’ सार्वजनिक
-
पर्सामा आगलागीबाट घरगोठ जले