बङ्गलादेशको ढाकाको बंगबजारमा भीषण आगलागी
मङ्गलबार, २१ चैत २०७९, ०९ : २३
बङ्गलादेशको मुख्य कपडा बजार बंगबजारमा भीषण आगलागी भएको छ । फर्स्ट सर्भिस कन्ट्रोल रुमका ड्युटी अधिकारी रफी अल फारुकले आगलागीको खबर ६ बजेर १० मिनेटमा पाइएको जानकारी दिए । आगलागीको कारण के हो भन्नेबारे अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।
यहाँ करिब चार हजार पसल रहेको बंगबजारका व्यापारी बताउँछन् । आगलागीको घटनापछि ढाका र आसपासका जिल्लाका सबै दमकलले यहाँ आगो निभाउने काम थालेका छन् । अहिलेसम्म आगो निभाउनका लागि दमकलका ४३ वटा गाडी खटिएका छन् ।
बीबीसी बङ्गला सेवाका अनुसार घटनास्थलमा रहेका पत्रकारहरूले आगो बंगबजार र नजिकैको बजारसम्म फैलिएको बताएका छन् ।
बंगबजार थोक र खुद्रा कपडाका लागी बङ्गलादेश को प्रमुख बजारहरू मध्ये एक हो । यसअघि गत मार्च ७ मा ढाकाको सिद्दिकी बजारमा विस्फोट र आगलागीमा परी १९ जनाको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण