‘दुई कदम’को छायाङ्कन मुस्ताङबाट सुरु
मङ्गलबार, २१ चैत २०७९, ११ : १५
काठमाडौँ । उदय सुब्बाको निर्देशन रहने फिल्म ‘दुई कदम’ छायाङ्कन सुरु भएको छ । फिल्मको मुस्ताङबाट छायाङ्कन सुरु भएको हो । मुस्ताङपछि फिल्म धनकुटा, तेह्रथुम, इलाम, झापा र धरानमा खिचिनेछ ।
दयाराम घिमिरेको कथा रहेको प्रेमकथामा बन्न लागेको फिल्म तारा देवी लिम्बुले निर्माण गर्न लागेकी हुन् । अजम्बरी फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको फिल्ममा गौरव पहारी, बुद्धि तामाङ, इओन लिम्बु, सिमोन गिरी, सुनिल थापा, अर्जुन गुरुङ भँगेरी कविता आले मगर, विमला लिम्बु, चन्दा दाहाल, जीवन लिम्बु लगायतका कलाकारको अभिनय रहनेछ ।
विक्रम डिसीको छायाङ्कन रहने फिल्ममा तारा प्रकाश लिम्बु र विकास चौधरीको सङ्गीत, राजु किराँतीको द्वन्द्व निर्देशन तथा रामजी लामिछानेको नृत्य रहनेछ । फिल्म अगामी भदौमा प्रदर्शन हुने बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
अमेरिकामा थप १ खर्ब डलर लगानी गर्दैछ टीएसएमसी
-
ब्राड पिटका थप दुई सन्तानले पनि सुरु गरे थरबाट ‘पिट’ हटाउन कानुनी प्रक्रिया
-
मिटरब्याज पीडित र सरकारीबिच आजै सम्झौता पत्रमा हस्ताक्षरको तयारी
-
कतारमा मिसाइल आक्रमण, छर्रा लागेर एक बालक घाइते
-
चलचित्र 'मास्टर्नी'को गीत तत्काल बन्द गर्न नेपाल शिक्षक महासंघको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण