बाराबाट सय क्युफिट काठसहित पिकअप भ्यान नियन्त्रणमा
बुधबार, २२ चैत २०७९, ११ : ५७
बारा । डिभिजन वन कार्यालय बाराको नियमित गस्ती टोलीले गएराती साढे २ बजे निजगढ नगरपालिका अन्तरर्गत रहेको सामुदायिक वनबाट करिव एक सय क्युफिट काठसहित ४ चक्के पिकअप भ्यान नियन्त्रणमा लिएको छ ।
वन कार्यालयबाट १० जनाको समूहमा खटिएको गस्ती टोलीले ५ गोलाई काठसहित पिकअप भ्यान नियन्त्रणमा लिएको हो । गस्ती टोलीलाई धनसर छेउबाट सिगोल जाने बाटोमा ५रु७ जनको समूहमा आएका वन तस्करहरूले प्रहरीलाई देखेपछि उनीहरू पिकअप भ्यान छोडेर भागेका थिए ।
बा ५ च ५६९६ नम्बरको पिकअप भ्यान ५ ओटा गोलाई काठ र रुख काट्ने आरा नियन्त्रणमा लिइएको हो । ५ वटै गोलाई काठ एउटै रुखको भएको डिभिजन वन कार्यालयले जनाएको छ ।
अहिले वन कार्यालयको परिसरमा वन तस्करीमा प्रयोग भएका दर्जनौँ गाडी नियन्त्रणमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण