मनपरी यात्रु ओसार्ने निजी गाडीमाथि कारबाही गर्न गृहको निर्देशन
बुधबार, २२ चैत २०७९, १९ : १०
काठमाडौँ । गृह मन्त्रालयले मनपरी रूपमा यात्रु ओसार्ने निजी गाडीमाथि कारबाही गर्न निर्देशन दिएको छ ।
बुधबार मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई मनपरी रूपमा यात्रु ओसार्ने निजी गाडीमाथि कारबाही गर्न निर्देशन दिएको हो ।
यसअघि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आफूखुसी भाडा तोकेर यात्रु ओसार गर्ने गाडीमाथि कारबाही गर्न गृह मन्त्रालयसँग आग्रह गरेको थियो ।
महासंघले मंगलबार आफूखुसी भाडा तोकी देशभर निर्विवाद यात्रु ओसार गर्ने गरेको पाइएको भन्दै त्यस्ता गाडीलाई कारबाहीका लागि सम्बन्धित क्षेत्रलाई निर्देशन दिन आग्रह गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा बजेट ‘अवैध’ तरिकाले ल्याइएको माओवादीको आरोप
-
कार्यभार सम्हालेपछि महानगर प्रहरी प्रमुख पाण्डेले भने - पुरानो कुरा बिर्सिन चाहन्छु
-
रास्वपामा विभागीय प्रमुख हेरफेर, नीति तथा विचार प्रमुखमा वाग्ले
-
सचिव हुन नपाएको झोँकमा मन्त्रालय नै गइनन् संगीता, साढे ३ महिनादेखि बिदामा
-
संस्कृति र सम्पदाको सदुपयोग गरे देश समृद्ध हुन्छ : मन्त्री पाण्डे
-
सञ्चारमन्त्रीको चेतावनी मेटाले टेरेन