बेन्जेमाको ह्याट्रिकमा बार्सालाई हराउँदै रियल फाइनलमा
क्याम्प नाउ । करिम बेन्जेमाले दोस्रो हाफ गरेको ह्याट्रिकको मद्दतले बार्सिलोनालाई हराउँदै रियल मड्रिड कोपा डेल रेको फाइनलमा प्रवेश गरेको छ । पहिलो लेगमा १–० ले पराजित रियलले बार्सालाई उसैको घरेलु मैदानमा ४–० ले पराजित गर्दै समग्रमा ४–१ को जीत हासिल गरेको हो ।
पहिलो हाफको अतिरिक्त समयमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई खेलमा फर्काएका थिए । त्यसपछि दोस्रो हाफमा बेन्जेमाले आठ मिनेटको अन्तरमा दुई गोल गर्दै रियलको अग्रता फराकिलो बनाए । खेलको अन्त्यतिर अर्को गोल गर्दै उनले आफ्नो ह्याट्रिक पूरा गरे ।
बेन्जेमाको यो लगातार दोस्रो ह्याट्रिक हो । गत आइतबार उनले ला लिगामा रियल भालाडोलिडविरुद्ध ह्याट्रिक गरेका थिए । योसँगै रियलले बार्साविरुद्ध लगातार तीन एल क्लासिकोमा हारको शृङ्खलामा पनि बिराम लगाएको छ । अब मे ६ मा हुने फाइनलमा रियलले ओसासुनाको सामना गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण