विदेशबाट अंगभंग भएर फर्किएका नागरिकलाई सरकारले सहयोग गरेन : सांसद सिंह
बिहीबार, २३ चैत २०७९, १५ : ०६
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले विदेशबाट अंगभंग भएर फर्किएका नेपालीहरुका लागि सरकारले कुनै काम गर्न नसकेको बताएका छन् ।
बिहीबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । उनले सरकारले विदेशबाट बाकसमा शव फर्किएका नेपालीहरुका परिवारका लागि के सोचेको छ ? भन्दै प्रश्न गरे ।
उनले विदेशमा रहेका नेपालीहरुले पैसा नपठाउने हो भने मुलुक श्रीलंका र पाकिस्तान भन्दा अगाडि नै असफल मुलुक हुने दाबी गरे । उनले सरकारले अयोग्य लडाकुलाई करोडौं रुपैयाँ बाँड्न सक्ने सरकारले विदेशबाट अंगभंग भएर फर्किएका नेपालीहरुका लागि कुनै काम गर्न नसकेको प्रति दुःख व्यक्त गरे ।
सांसद सिंहले सरकारको सय दिनमा कुनै राम्रो काम गर्न नसकेको दाबी गरे । उनले अब जनताले विकल्प खोज्ने बेला भइसकेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
को हुन् हमासको नयाँ प्रमुख ?
-
नाटक ‘सेतो धरती’ को मञ्चन साउन १६ सम्म थपियो
-
१५औँ महाधिवेशन सर्वसम्मत हुन्छ भने देउवा समूहका मागबारे बोलेनन्
-
कलङ्की क्षेत्रमा जग्गाको मूल्याङ्कन : रिङरोड छेउमा घट्यो, अन्यत्र बढ्यो
-
होण्डाद्वारा पुराना मोडलका कारहरूका लागि निःशुल्क एयरब्याग सेफ्टी रिकल सेवा सञ्चालन
-
बसपार्क घटना : निशाको शव भेटिएको गेस्टहाउसको कोठा युवकको नाममा बुक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण