सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

विदेश भ्रमण र सवारी खरिद रोक्ने ‘प्रचण्ड’ सरकारको उद्घोष

बिहीबार, २३ चैत २०७९, १८ : ५१
बिहीबार, २३ चैत २०७९

काठमाडौँ । सरकारले सार्वजनिक खर्चमा मितव्ययिता काय गर्न विदेश भ्रमण र सवारी खरिद कार्य तत्कालका लागि रोक्ने उद्घोष गरेको छ । 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको १० दलीय सरकारले बिहीबार साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्दै आर्थिक संकटका बीच खर्च मितव्ययिता र राजस्व संकलनमा विशेष जोड दिने उद्घोष गरेको हो । 

संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रममा विशेष आर्थिक नीति तथा कार्यक्रम बनाउँदै सार्वजनिक खर्च कटौतीमा विशेष ध्यान दिने बताएको छ । 

‘सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्ने । विदेश भ्रमण, नयाँ भवन निर्माण, सवारी साधन खरिद तथा कार्यालय सञ्चालन खर्चमा कटौती गर्ने’ आर्थिक नीति तथा कार्यक्रममा सरकारले उल्लेख गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप