बेथितिको पराकाष्ठा : ०७१ सालमा ठेक्का लागेको पुल अझै तयार भएन
बुटवल । भैरहवा–लुम्बिनी सडकखण्ड अन्तर्गत वनगाईस्थित बेथरी पुल निर्माणका लागि २०७१ सालमा ठेक्का लागे पनि अझै निर्माण सम्पन्न हुन सकेको छैन । बुद्धको जन्मस्थल लुम्बिनी प्रवेश नाकामा पुल निर्माण सम्पन्न नहुँदा पर्यटक तथा स्थानीयवासीले दैनिक रुपमा समस्या व्योहोर्नु परेको छ ।
०७३ सालमा निर्माण सम्पन्न गर्ने गरी पप्पु बागमती जेभी कन्स्ट्रक्सनले ०७१ असार २५ गते सम्झौता गरेको थियो । तर समयमै निर्माण सम्पन्न गर्न पटकपटक ठेकेदार कम्पनीलाई निर्देशन दिए पनि बेवास्ता गरेकाले गत वर्ष उक्त ठेक्का तोडेर नयाँ ठेकेदार कम्पनी रमण रियल होम ईन्फोटेक जेभी ललितपुरलाई जिम्मा दिइएको हो ।
_OoSkNibeLm.jpg)
पुरानो ठेकेदारले गर्न नसकेको बाँकी काम गर्न करिब १० करोड रुपैयाँमा ठेक्का दिए पनि नयाँ ठेकेदारले समेत निर्माण सम्पन्न गर्न तदारुकता देखाएको छैन । लुम्बिनी सडक फोर लेनको भए पनि उक्त पुल साँघुरो भएका कारण सवारी साधनको जाम लाग्ने गरेको छ । पुल निर्माण नहुँदा प्रहरीलाई गाडी पास गराउन सास्ती हुने गरेको छ ।
तिनाउ खोला र डण्डा नदीमा पुल निर्माणको काम गर्ने ठेक्का रमण रियल होम ईन्फोटेक जेभीले पाएको हुलाकी सडक आयोजना कपिलवस्तुका प्रमुख विष्णुबाबु पाण्डेले रातोपाटीलाई बताए ।
_l4sJCcLzi2.jpg)
उनले राष्ट्रिय महत्त्वको पुल भएकाले छिटो सम्पन्न गर्न आफूहरूले निर्माण कम्पनीलाई आग्रह गरिरहेको जानकारी दिए । उनले भने, ‘यो वर्षभित्र तिनाउ पुल निर्माण सम्पन्न गर्ने, त्यसपछि अर्को पुलको काम गर्ने प्रतिबद्धता ठेकेदारले जनाएका छन् ।’
अहिले तिनाउ पुलको जग बसाल्ने र केही रड खसाल्ने काम भएको छ ।
_30J9WT0ge1.jpg)
भैरहवाबाट लुम्बिनी जाने सडक विस्तारसँगै पुल पनि निर्माण गर्नुपर्ने हो तर पुलको निर्माणको काम अघि बढ्न नसक्दा सडक विस्तारको प्रतिफलसमेत अनुभूति नभएको लुम्बिनीका होटेल व्यवसायी अक्रम खाँले बताए ।
सडक निर्माण भएपछि आफूहरुले पुल पनि छिटो बनाउन पटकपटक आग्रह गरेको तर सुनुवाइ नभएको उनको भनाइ छ ।
लुम्बिनी विकास कोषका सूचना अधिकारी डा हरिध्वज राईका अनुसार लुम्बिनी आउने पर्यटकहरु एकतर्फी पुलका कारण जाम हुने, दिक्क लाग्ने गरेको गुनासो गर्दछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइएमएफद्वारा नेपालको विस्तारित कर्जा सुविधाअन्तर्गतको अन्तिम समीक्षा सम्पन्न
-
वर्षाले प्रभावित फाइनलमा नेपाल बन्यो च्याम्पियन
-
आर्थिक विधेयकमा भएको हेरफेरबारे अर्थमन्त्रीले संसद्मा स्पष्ट पार्नुपर्छ : वर्षमान पुन
-
देशभरका २६३ स्थायी प्रहरी चौकी जीर्ण, भत्किने डरैडरमा काम गर्दै सुरक्षाकर्मी: आईजीपी कार्की
-
सुदूरपश्चिम मन्त्रिपरिषद् बैठक : बिदा भएर निस्किए मन्त्रीहरू
-
हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न संसदीय समितिको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण