बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

महिलामा आइरनको कमीको सङ्केत यस्ता, बेवास्ता नगर्नुहोस्

शुक्रबार, २४ चैत २०७९, १२ : १८
शुक्रबार, २४ चैत २०७९

महिलाको शरीरमा आइरनको कमी प्रायः देखिन्छ । महिनावारीको समयमा अत्यधिक रक्तस्राव, पोषक तत्त्वको कमी आदिका कारण महिलाको शरीरमा आइरनको कमी हुन्छ । शरीरलाई रगत बनाउन फलाम चाहिन्छ, रातो रक्त कोशिकाहरूमा एउटा प्रोटिन हुन्छ जसले रक्त नलीमार्फत अक्सिजन लैजान मद्दत गर्छ । शरीरमा आइरन भएन भने शरीरले पर्याप्त अक्सिजन पाउँदैन । महिलाहरूमा आइरनको कमीले कहिलेकाहीँ थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने र हात–खुट्टा चिसो हुने जस्ता लक्षणहरू देखिन सक्छ । धेरै महिलाहरू यी लक्षणलाई बेवास्ता गर्छन् जुन पछि गएर गम्भीर रोगको कारण बन्न सक्छ । आज हामी महिलामा आइरनको कमीको लक्षणबारे कुरा गर्दै छौँ । 

अत्यधिक थकाइ

थकान महसुस गर्नु आइरनको कमीको मुख्य लक्षणमध्ये एक हो । धेरै पटक महिलाले अत्यधिक थकान वा असामान्य थकान महसुस गर्छन् । शरीरमा आइरनको कमी हुँदा मांसपेशीले पर्याप्त अक्सिजन पाउँदैन । जसका कारण शरीरमा ऊर्जाको कमी हुनुका साथै थकान पनि रहन्छ ।

छाला पहेँलो हुनु

कहिलेकाहीँ शरीरमा आइरनको कमीले पनि छाला पहेँलो हुन्छ किनभने फलामको कमीले शरीरमा हेमोग्लोबिन ठिकसँग बन्दैन त्यसैले छाला पहेँलो देखिन्छ । छाला र नङ पहेँलो हुनु आइरनको कमीको लक्षण हो ।

सास फेर्न गाह्रो हुनु

यदि महिलाहरूलाई लामो समयसम्म र बिना कारण सास फेर्न गाह्रो भइरहेको छ भने, यी लक्षण फलामको कमीको हुनसक्छ । शरीरमा हेमोग्लोबिनको मात्रा कम हुँदा सबै मांसपेशी र तन्तुहरूमा अक्सिजनको प्रवाह कम हुन्छ, यसका कारण सास फेर्न गाह्रो हुने र कहिलेकाहीँ छाती दुख्ने समस्या पनि हुन्छ ।

टाउको दुख्ने

आइरनको कमीले पनि महिलामा टाउको दुख्न सक्छ । शरीरमा हेमोग्लोबिनको उत्पादन कम हुँदा शरीरमा एस्ट्रोजनको स्तर घट्छ । जसका कारण नियमित टाउको दुख्ने जस्ता समस्या हुन थाल्छ ।

 हात र खुट्टा चिसो हुनु

आइरनको कमीले प्रायः महिलाहरूमा हात र खुट्टा चिसो हुन सक्छ । जसको शरीरमा आइरनको कमी हुन्छ उनीहरूमा अक्सिजन राम्रोसँग सञ्चार हुँदैन, त्यसैले पनि सधैँ चिसो महसुस हुन्छ वा हात–खुट्टा चिसो हुन्छन् । 

महिलाको शरीरमा आइरनको कमी हुँदा यस्ता लक्षण देखिन सक्छ । यदि यी लक्षण तपाईंमा पनि छ भने डाक्टरसँग सम्पर्क गर्नुहोला । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप