ट्रम्पलाई जेल हाल्नु हुँदैन : पोर्न स्टार स्टर्मी डेनियल
न्युयोर्क । अमेरिकी पोर्नस्टार स्टर्मी डेनियलले डोनाल्ड ट्रम्पलाई पैसा तिरेपछि जेल हाल्नु नहुने बताएकी छन् । स्टर्मी डेनियलले भने, ‘मलाई लाग्दैन कि मेरो विरुद्धको उनको अपराधको लागि उनलाई जेलमा हाल्नु उपयुक्त छ।’
तर, अर्को सुनुवाइमा बयान दिन बोलाइए पक्कै जाने उनले बताइन् । उनले भनिन्, ‘यो निकै चुनौतीपूर्ण छ तर म आशावादी छु । मसँग लुकाउन केहि छैन। सुरुदेखि नै सत्य बोल्ने म मात्रै हुँ।’ जब ट्रम्प अदालत जाँदै थिए, उनको मिश्रित भावना थियो र उनी दुखी पनि थिइन्।
उनले थपिन्, ‘उनी अब अरू कसैको अधीनमा हुनुपर्दछ, अर्थात् न्यायाधीश। उनी अब त्यस्ते व्यक्ति रहेनन् जसलाई कसैले छुन सक्दैनन् ।’
पूर्व राष्ट्रपतिमाथि स्टर्मी डेनियललाई चुप राख्न १३०,००० अमेरिकी डलर तिरेको आरोप छ। यस अभियोगमा उनलाई अधिकतम चार वर्षको जेल सजाय हुनसक्छ । कथित रूपमा, ट्रम्पले आफ्नो अफेयर सार्वजनिक नगर्नका लागि यो भुक्तानी गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी काण्डबारे लेखा समितिमा उठ्यो प्रश्न
-
सुदूरपश्चिममा सत्तारुढ दल एमालेले नै बजेटविरूद्ध खर्च कटौती प्रस्ताव ल्याउने
-
लेखा समितिको आन्तरिक कार्यविधि परिमार्जनसहित पारित
-
संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको प्रतिवेदन लेखन अन्तिम चरणमा
-
झ्याप–झ्याप बत्ती जाने समस्या समाधान गर्न कार्यदल गठन
-
१५ वर्षदेखि अलपत्र कमला पुल, जोखिमपूर्ण यात्रा गर्न बाध्य सर्वसाधारण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण