अश्लील भिडियो बाहिरिएपछि सांसद खानलाई कारबाहीको माग
शनिबार, २५ चैत २०७९, ०९ : १८
काठमाडौँ । राष्ट्रिय एकता अभियानले जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानलाई सांसद पदबाट हटाउन माग गर्दै सभामुख देवराज घिमिरेलाई ज्ञापन पत्र बुझाएको छ ।
समानुपातिक सांसद तथा निवर्तमान खानेपानी तथा सरसफाइ मन्त्री खानको अश्लील भिडियोसहितको समाचार बाहिर आएपछि अभियानले सभामुख घिमिरेलाई ज्ञापन पत्र बुझाएर कारबाहीको माग गरेको हो । नेता खानको यस हर्कतले नेपालको संसदीय व्यवस्था, सङ्घीय लोकतान्त्रिक गणतन्त्र एवम् समग्र राजनीतिक प्रणालीको शिर निहुरिएको उल्लेख गर्दै अभियानले कारबाहीको माग गरेको छ ।
सार्वजनिक जीवन धारण गरेका व्यक्तिहरूका यस्ता अनैतिक हर्कतले समाजलाई विकृत र विसंगत बनाउन अझ बढी मलजल गर्छ भन्दै अभियानले नेता खानलाई तत्काल सांसद पदबाट निलम्बन गरी कानुनी दायरामा ल्याउन माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्रीको आश्वासनपछि सुस्तावासीका मागबारे के प्रगति भयो ?
-
सुनसरी घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाही गर्न प्रलाेपाकाे माग
-
मुख्य मागमा छैन सहमति, डा. केसीलाई सत्तापक्षीय सांसदको थुमथुम्याइ
-
गगन थापाको घोषणा कार्यान्वयन नहुँदै अस्ताए गोपालमान
-
सुधन गुरुङलाई उपसभापति बनाउन रवि लामिछाने सकारात्मक
-
सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र शान्ति–सुव्यवस्था कायम राख्न धनुषामा बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण