गण्डकी प्रदेशका जिल्लामा घुम्ती सिनेमा कार्यक्रम
काठमाडौँ । चलचित्र विकास बोर्डले दोस्रो चरणमा गण्डकी प्रदेशका जिल्लाहरू गोरखा, लमजुङ, कास्की, पर्वत र बागलुङमा घुम्ती सिनेमा तथा सिनेमा साक्षरता अभियान कार्यक्रम सञ्चालन गरेको छ । ती जिल्लाहरूका एक साताको घुम्ती सिनेमा कार्यक्रम गरेको चलचित्र विकाश बोर्डले जनाएको छ । कार्यक्रममा चलचित्र भवनहरू नभएका क्षेत्रमा विद्यालयको भवन, सामुदायिक भवन, क्लब एवं खुल्ला स्थानहरूमा चलचित्र प्रदर्शन गरिएको थियो । कार्यक्रममा स्थानीय विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावकको अलवा समाजसेवी, जनप्रतिनिधिहरू, व्यवसायी, राष्ट्रसेवक कर्मचारीहरू लगायतको कार्यक्रममा उपस्थिति रहेको थियो ।
सम्बन्धित गाउँपालिका र नगरपालिकाका प्रमुखहरू समेत सहभागी कार्यक्रमको चलचित्र विकास बोर्डका अधिकृत हरिसिंह रैखोलाका संयोजन रहेको थियो । कार्यक्रममा नेपाली कथानक चलचित्रहरू ऐना झ्यालको पुतली, आमा, पचे गोरे (गुरुङ भाषा), गोपी, अग्नि दहन र वृत्तचित्र ग्रेटर नेपाल प्रदर्शन गरिएको थियो । सिनेमा घरको पहुँच भन्दा टाढा रहेका सहर, बस्ती र समुदायमा पुगी नेपाली राष्ट्रिय भाषा र स्थानीय भाषामा निर्माण भएका चलचित्रहरूको प्रदर्शन गरी नेपाली सिनेमा हेर्ने संस्कृतिको विकास गर्न घुम्ती सिनेमा तथा सिनेमा साक्षरता अभियान चलाएको विकास बोर्डले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
-
चार वर्ष पुग्न लाग्दा सुदूरपश्चिम प्रदेश सभाबाट १५ ऐन प्रमाणीकरण, ८ विधेयक अझै समितिमै
-
जलवायुजन्य विपद्का कारण नेपालमा बर्सेनि अर्बौँको क्षति, गैर-आर्थिक नोक्सानीको तथ्याङ्क राख्न विज्ञहरूको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण