अफगानिस्तानका ४७ परिवारलाई चीनको सहयोग
आइतबार, २६ चैत २०७९, १५ : १३
शिबरघान । अफगान अधिकारीहरूले शनिबार उत्तरी जाज्जान प्रान्तमा अत्यावश्यक मानवीय सहयोगको खाँचोमा परेका परिवारलाई चीनले मानवीय सहायता प्राप्त गरेको बताएका छन् ।
प्राकृतिक प्रकोप व्यवस्थापन र मानवीय मामिलाका प्रान्तीय निर्देशक मल्लवी सिराजुद्दीन सिराजीले आइतबार यसबारे जानकारी दिएका छन् ।
शनिबार दिउँसो प्रान्तीय राजधानी शिबरघान शहरमा चामल, पाल र न्यानो लुगा लगायतका सहायता प्याकेजहरू वितरण गरिएको छ । यसैगरी चीनले गत महिना मध्य बाम्यान र पश्चिमी निमरोज प्रान्तका ८०० भन्दा बढी विपन्न परिवारलाई चामल र गहुँ लगायतका खाद्यान्न उपलब्ध गराएको थियो ।
चीनले गत वर्ष द्वन्द्वग्रस्त तथा विपन्न मुलुकका गरिब, भूकम्पपीडित र बाढीपीडित परिवारलाई कोभिड–१९ विरुद्धको खोप, जाडो लुगा, टेन्ट र खाद्यान्न उपलब्ध गराएको थियो । - (रासस-सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण