के हाे अल्जाइमर्स रोग ? कस्ता हुन्छन् लक्षण
स्मृति क्षय हुने रोग अल्जाइमर हो । अल्जाइमर रोग दीर्घकालीन मानसिक स्वास्थ्य समस्या भएको चिकित्सकहरू बताउँछन् । सामान्यतया यो रोग ६५ वर्षको उमेरपछि लाग्ने गर्छ ।
अल्जाइमर्स रोगको सुरुवाती अवस्थामा अधिकांश बिरामीले उपचारको आवश्यकता महसुस नगर्नाले बढ्दै जाने गर्छ । यस कारण भविष्यमा रोगको असर झन् धेरै जटिल हुँदै जाने भएकाले आफ्ना परिवारका ज्येष्ठ सदस्यहरू अल्जाइमर्सका लक्षणहरू चिन्न आवश्यक छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अल्जाइमर्सका लक्षणहरू यस्तो देखिने गर्छ ।
लक्षणहरू
–मिति समय तथा स्थानका सम्बन्धमा ज्ञान हराउँदै जानु ।
–बारम्बार एउटै कुरा सोधिरहनु ।
–स्वविवेक शक्ति क्षीण हुनु ।
–आँखाले देखेका कुराहरू नचिन्नु ।
–नियमित गरिरहने क्रियाकलाप गर्न अप्ठ्यारो हुनु ।
–सामान्य समस्याहरू समाधान गर्न नसक्नु ।
अल्जाइमर्स भएका व्यक्तिलाई कसरी सहयोग गरौँ
–अल्जाइमर्स भएमा व्यक्तिहरूको कुरालाई धैर्यपूर्वक सुन्ने ।
–दैनिक गरिने कामकाजमा सहयोग पु¥याउने ।
–आत्मनिर्भरता बढाउन आवश्यक सीपहरू सिकाउने ।
–लड्ने तथा चोटपटक लाग्ने जोखिम न्यूनीकरण गर्न घरको वातावरण सुरक्षित बनाउने ।
–स्मरण शक्ति बढाउने खालका अभ्यासहरू गराउने ।
–बिरामीलाई हेरचाह गर्ने व्यक्तिलाई हेरचाह गर्न कठिनाइ भएको सो व्यक्तिले थप सहयोग माग्ने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायतमा पूर्व गोर्खामाथि जातीय घृणाप्रेरित आक्रमण: आरोपी पक्राउ, नेपाली समुदायमा आक्रोश
-
बर्ड फ्लु संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह छानबिनमा
-
मदन भण्डारी कप यु–१९ विद्यालयस्तरीय बागमती प्रदेश छात्रा भलिबल भोलिदेखि सुरु हुने
-
ए स्टार नेपाल बास्केटबल लिग २०२६ को सेमिफाइनल समीकरण पूरा
-
एकअर्कालाई 'धन्यवाद' र 'सरी' भन्दै सकियो रास्वपाको बैठक
-
विज्ञापन प्रतिबन्धले निजी मिडिया संकटमा, नीति पुनर्विचार गर्न सरकारसँग आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण