बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

के हाे अल्जाइमर्स रोग ? कस्ता हुन्छन् लक्षण

आइतबार, २६ चैत २०७९, १५ : २३
आइतबार, २६ चैत २०७९

स्मृति क्षय हुने रोग अल्जाइमर हो । अल्जाइमर रोग दीर्घकालीन मानसिक स्वास्थ्य समस्या भएको चिकित्सकहरू बताउँछन् । सामान्यतया यो रोग ६५ वर्षको उमेरपछि लाग्ने गर्छ ।

अल्जाइमर्स रोगको सुरुवाती अवस्थामा अधिकांश बिरामीले उपचारको आवश्यकता महसुस नगर्नाले बढ्दै जाने गर्छ । यस कारण भविष्यमा रोगको असर झन् धेरै जटिल हुँदै जाने भएकाले आफ्ना परिवारका ज्येष्ठ सदस्यहरू अल्जाइमर्सका लक्षणहरू चिन्न आवश्यक छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अल्जाइमर्सका लक्षणहरू  यस्तो देखिने गर्छ । 

लक्षणहरू

–मिति समय तथा स्थानका सम्बन्धमा ज्ञान हराउँदै जानु ।

–बारम्बार एउटै कुरा सोधिरहनु ।

–स्वविवेक शक्ति क्षीण हुनु ।

–आँखाले देखेका कुराहरू नचिन्नु ।

–नियमित गरिरहने क्रियाकलाप गर्न अप्ठ्यारो हुनु  ।

–सामान्य समस्याहरू समाधान गर्न नसक्नु  ।

अल्जाइमर्स भएका व्यक्तिलाई कसरी सहयोग गरौँ

–अल्जाइमर्स भएमा व्यक्तिहरूको कुरालाई धैर्यपूर्वक सुन्ने ।

–दैनिक गरिने कामकाजमा सहयोग पु¥याउने ।

–आत्मनिर्भरता बढाउन आवश्यक सीपहरू सिकाउने ।

–लड्ने तथा चोटपटक लाग्ने जोखिम न्यूनीकरण गर्न घरको वातावरण सुरक्षित बनाउने ।

–स्मरण शक्ति बढाउने खालका अभ्यासहरू गराउने ।

–बिरामीलाई हेरचाह गर्ने व्यक्तिलाई हेरचाह गर्न कठिनाइ भएको सो व्यक्तिले थप सहयोग माग्ने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप