मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

भूगोल इनर्जी डेभलपमेन्टको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

सोमबार, २७ चैत २०७९, १० : ५१
सोमबार, २७ चैत २०७९

काठमाडौँ । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको प्राथमिक सेयर (आईपीओ) मा आवेदन दिन आज अन्तिम मौका हो । कम्पनीले चैत २३ गतेदेखि चैत २७ गते सम्म म्याद राख्दै सर्वसाधारणमा १० करोड ८८ लाख १० हजार ७ सय रुपैयाँको १० लाख ८८ हजार १०७ कित्ता आईपीओ निष्कासन गरेको थियो । सोही म्यादको अन्तिम दिन अर्थात् चैत २७ गते आज रहेकाले इच्छुक लगानीकर्ताहरुले आज बेलुका ५ बजेसम्म कम्पनीको आईपीओका लागि आवेदन दिन सक्नेछन् । 

कूल निष्काशित सेयरमध्ये कम्पनीले १ लाख ८ हजार ८११ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको छ भने ७१ हजार ९१६ कित्ता सामूहिक लगानी कोषका लागि र बाँकी १३ लाख ४६ हजार ९९३ कित्ताका लागि सर्वसाधारणका लागि निष्कासन गरेको छ । इच्छुक लगानीकर्ताले सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटल रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप