भूगोल इनर्जी डेभलपमेन्टको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौँ । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको प्राथमिक सेयर (आईपीओ) मा आवेदन दिन आज अन्तिम मौका हो । कम्पनीले चैत २३ गतेदेखि चैत २७ गते सम्म म्याद राख्दै सर्वसाधारणमा १० करोड ८८ लाख १० हजार ७ सय रुपैयाँको १० लाख ८८ हजार १०७ कित्ता आईपीओ निष्कासन गरेको थियो । सोही म्यादको अन्तिम दिन अर्थात् चैत २७ गते आज रहेकाले इच्छुक लगानीकर्ताहरुले आज बेलुका ५ बजेसम्म कम्पनीको आईपीओका लागि आवेदन दिन सक्नेछन् ।
कूल निष्काशित सेयरमध्ये कम्पनीले १ लाख ८ हजार ८११ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको छ भने ७१ हजार ९१६ कित्ता सामूहिक लगानी कोषका लागि र बाँकी १३ लाख ४६ हजार ९९३ कित्ताका लागि सर्वसाधारणका लागि निष्कासन गरेको छ । इच्छुक लगानीकर्ताले सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटल रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण