एमालेभित्रका पूर्व माओवादी नेताहरु एउटै मञ्चमा आउन तयार हुनुहुन्छ : महरा
काठमाडौँ । नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले एमालेभित्रका पूर्व माओवादी नेताहरु एउटै मञ्चमा आउन तयार भएको बताएका छन् । माओवादी धारले काठमाडौँमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै महराले जनयुद्धकालीन मुद्दामा सहकार्य गर्न सहमत भएको बताए ।
कम्युनिस्टहरुको व्यवहार गर्दा सिद्धान्त बिर्सने सिद्धान्त अंगाल्दा व्यवहार बिर्सने वंशाणुगत रोग भएकाले त्यसलाई त्याग्नुपर्ने महराले बताए । पूर्व माओवादी घटकहरु सकेसम्म एकता नभए मोर्चा बनाएर अघि बढिने बताए ।
‘हामी माओवादी धार सकेसम्म पार्टी एकता गरेर जाने उद्देश्य बनाएको छ । यदि नसेकेमा संयुक्त मोर्चा बनाएर जाने सोचिएको छ । यस विषयमा सुरुदेखि सहमत भएर आएका छौं’ महराले भने, ‘यस मञ्चमा भएका केही पार्टीहरुसँग केही दिनभित्र एकता हुन्छ । कतिपय पार्टीसँग कार्यगत एकता गरेर अघि बढिने छ ।’
पछिल्लो समय प्रचण्डले सबै माओवादी घटकका नेताहरुसँग संवाद गरेको महराले बताए । ‘प्रचण्ड कमरेडसँग किरण, धर्मेन्द्र, विप्लवजीले भेटेर कुरागरी राख्नु भएको छ । सबैसँग कुरा भइराखेको छ’ महराले भने, ‘तर सबै माओवादी घटकको एकता छिटो हुँदैन । यी सबै पार्टीसँग एकता, संयुक्त मोर्चा र मञ्च प्रयोग गरेर सहकार्य हुन सक्छ ।’
यस्तै महराले आगामी कार्यक्रममा फरकढंगले माओवादी धारको कार्यक्रम सञ्चालन गरिने बताए । आफूहरु नबोलेर काँग्रेस, एकीकृत समाजवादी, जसपा लगायत नेताहरुलाई बोल्न दिइने भएको छ । यस्तै नागरिक समाजका अगुवाहरुलाई समेत बोलाएर छलफल गर्ने तयारी गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा प्रतिपक्षले भन्यो, ‘नयाँ नीति तथा कार्यक्रम विगतकै कपी एन्ड पेस्ट’
-
वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोड
-
प्रधानमन्त्रीलाई ‘राजदूत बनाइदिन’ म्यासेज गर्दा सचिव कृष्णहरि पुष्कर पक्राउ अनि रिहा
-
पत्रकार महासङ्घद्वारा जेठ २५ देखि असार ५ गतेसम्म दबाबमूलक आन्दोलन घोषणा
-
‘ध्यानबाट मानसिक शान्ति, तनाव व्यवस्थापन तथा सामाजिक सद्भाव प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास’
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण