सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेभित्रका पूर्व माओवादी नेताहरु एउटै मञ्चमा आउन तयार हुनुहुन्छ : महरा

सोमबार, २७ चैत २०७९, १५ : २७
सोमबार, २७ चैत २०७९

काठमाडौँ । नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले एमालेभित्रका पूर्व माओवादी नेताहरु एउटै मञ्चमा आउन तयार भएको बताएका छन् । माओवादी धारले काठमाडौँमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै महराले जनयुद्धकालीन मुद्दामा सहकार्य गर्न सहमत भएको बताए ।  

कम्युनिस्टहरुको व्यवहार गर्दा सिद्धान्त बिर्सने सिद्धान्त अंगाल्दा व्यवहार बिर्सने वंशाणुगत रोग भएकाले त्यसलाई त्याग्नुपर्ने महराले बताए । पूर्व माओवादी घटकहरु सकेसम्म एकता नभए मोर्चा बनाएर अघि बढिने बताए ।

‘हामी माओवादी धार सकेसम्म पार्टी एकता गरेर जाने उद्देश्य बनाएको छ । यदि नसेकेमा संयुक्त मोर्चा बनाएर जाने सोचिएको छ । यस विषयमा सुरुदेखि सहमत भएर आएका छौं’ महराले भने,  ‘यस मञ्चमा भएका केही पार्टीहरुसँग केही दिनभित्र एकता हुन्छ । कतिपय पार्टीसँग कार्यगत एकता गरेर अघि बढिने छ ।’ 

पछिल्लो समय प्रचण्डले सबै माओवादी घटकका नेताहरुसँग संवाद गरेको महराले बताए । ‘प्रचण्ड कमरेडसँग किरण, धर्मेन्द्र, विप्लवजीले भेटेर कुरागरी राख्नु भएको छ । सबैसँग कुरा भइराखेको छ’ महराले भने, ‘तर सबै माओवादी घटकको एकता छिटो हुँदैन । यी सबै पार्टीसँग एकता, संयुक्त मोर्चा र मञ्च प्रयोग गरेर सहकार्य हुन सक्छ ।’

यस्तै महराले आगामी कार्यक्रममा फरकढंगले माओवादी धारको कार्यक्रम सञ्चालन गरिने बताए । आफूहरु नबोलेर काँग्रेस, एकीकृत समाजवादी, जसपा लगायत नेताहरुलाई बोल्न दिइने भएको छ । यस्तै नागरिक समाजका अगुवाहरुलाई समेत बोलाएर छलफल गर्ने तयारी गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप