नेप्सेमा ५ अंकको वृद्धि, ९१ करोडको कारोबार
सोमबार, २७ चैत २०७९, १५ : ३७
काठमाडौं । सोमबार सेयर बजार परिसूचक नेप्सेमा ५ अंकको वृद्धि भएको छ । यसदिन नेप्से सूचक ५.५४ अंकले बढ्दै १८ सय ४४.०२ अंकको विन्दुमा उक्लिएको हो । यद्यपि, कारोबार रकममा भने खासै सुधार आएन । नेपाल स्टक एक्सचेञ्जका अनुसार ५.५४ अंकले नेप्से बढ्दै गर्दा यता ९१ करोड १९ लाख ७६ हजार रुपैयाँ बराबरको मात्र सेयर कारोबार हुन सकेको छ ।
आज फाइनान्स समूहको उपसूचक बाहेक अन्य १२ वटा उपसूचक धनात्मक भएका छन् । होटल तथा पर्यटन समूहको उपसूचक १.७० प्रतिशतले बढेको छ भने इन्भेष्टमेन्ट समूहको उपसूचक १.३० प्रतिशतले वृद्धि भएको छ । अन्य १० वटा उपसूचकहरु भने १ प्रतिशत कमले वृद्धि भएका छन् । आज सानिमा मिडल तमोर हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ६.५४ प्रतिशतले घट्न पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सदन लामो समय स्थगित गरिएकोमा खुस्बु ओलीको असन्तुष्टि
-
एसियाली खेलकुद छनोट : नेपाली बलरको कसिलाे बलिङ, ओमान ९४ रनमा समेटियो
-
रास्वपा झापाको सभापतिमा ओमनाथ भण्डारी, यस्तो छ नयाँ कार्यसमिति
-
रास्वपा सुनसरीको सभापतिमा सागर दाहाल निर्वाचित
-
रास्वपा मकवानपुरको सभापतिमा पाठक चयन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण