सिराहा प्रादेशिक अस्पतालमा भएको आगलागी नियन्त्रणमा
बुधबार, २९ चैत २०७९, १५ : ०९
सिराहा । सिराहा प्रादेशिक अस्पतालमा भएको आगलागी नियन्त्रणमा आएको छ । दिउँसो करिब १ः४५ तिर अस्पतालको जेनरेटर कक्षमा तार सर्ट सर्किटले भएको आगलागी नियन्त्रणमा आएको हो ।
सिराहा नगरपालिकाको वारुण यन्त्रको सहायतामा आगलागी नियन्त्रणमा लिइएको प्रादेशिक अस्पताल सिराहाका सूचना अधिकारी अशोक कुमार सिंहाले जनाएको छ । उनले अस्पतालमा आगलागी भएपछि बिरामी र कुरुवाहरूबीच भागाभाग भए पनि मानवीय क्षति नभएको जनाएको छ ।
तर, अस्पतालमा डायलासिस गराउन आएका एकजनाको डायलासिस गरिरहेको समयमै आगलागी भएपछि लाइन कट्दा समस्या भएको छ । डायलासिस पुरा नभएपछि ती बिरामीलाई समस्या भएको अस्पतालको सूचना अधिकारी सिंहाले जनाए ।
आगलागी नियन्त्रणमा आएपछि हाल अवस्था सामान्य बनेको छ । आगलागीले जेनेरेटरमा क्षति पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी प्रकरणका मुछिएका मणिन्द्रराज यसअघि कल बाइपास अपराधमा संलग्न
-
एमालेले मदन जयन्ती संगठनात्मक अभियानका साथ मनाउने
-
गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते
-
विद्युत् महसुल समायोजन तयारीः वर्षा र सुक्खायामका लागि छुट्टाछुट्टै मूल्य
-
बारामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
-
मुस्ताङ आउने विदेशी पर्यटक बढे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण