मङ्गलबार, २० जेठ २०८२
ताजा लोकप्रिय

सिराहा प्रादेशिक अस्पतालमा भएको आगलागी नियन्त्रणमा

बुधबार, २९ चैत २०७९, १५ : ०९
बुधबार, २९ चैत २०७९

सिराहा । सिराहा प्रादेशिक अस्पतालमा भएको आगलागी नियन्त्रणमा आएको छ । दिउँसो करिब १ः४५ तिर अस्पतालको जेनरेटर कक्षमा तार सर्ट सर्किटले भएको आगलागी नियन्त्रणमा आएको हो । 

सिराहा नगरपालिकाको वारुण यन्त्रको सहायतामा आगलागी नियन्त्रणमा लिइएको प्रादेशिक अस्पताल सिराहाका सूचना अधिकारी अशोक कुमार सिंहाले जनाएको छ । उनले अस्पतालमा आगलागी भएपछि बिरामी र कुरुवाहरूबीच भागाभाग भए पनि मानवीय क्षति नभएको जनाएको छ । 

तर, अस्पतालमा डायलासिस गराउन आएका एकजनाको डायलासिस गरिरहेको समयमै आगलागी भएपछि लाइन कट्दा समस्या भएको छ । डायलासिस पुरा नभएपछि ती बिरामीलाई समस्या भएको अस्पतालको सूचना अधिकारी सिंहाले जनाए ।

आगलागी नियन्त्रणमा आएपछि हाल अवस्था सामान्य बनेको छ । आगलागीले जेनेरेटरमा क्षति पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप