चितवन राष्ट्रिय निकुञ्जका दुई वटा गैँडा मृतावस्थामा फेला
बुधबार, २९ चैत २०७९, १५ : ३६
काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जका दुई वटा एकसिंगे गैँडा मृतावस्थामा फेला परेका छन् ।
निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने अमलटारी सेक्टर अन्तर्गत मर्दी घोलस्थित निकुञ्जको कोर क्षेत्रमा एक पोथी गैँडा मृतावस्थामा फेला परेको छ ।
अन्दाजी उमेर ७ महिनाको उक्त गैँडाको खाग नपलाएको र भाले गैँडाको आक्रमणका कारण मृत्यु भएको हुनसक्ने निकुञ्ज प्रशासनले जनाएको छ ।
यसैगरी निकुञ्जकै माडी सेक्टर अन्तर्गत रिउ खोलाको दक्षिण किनारको मध्यवर्ती क्षेत्रमा पनि एक भाले गैडा फेला मृतावस्थामा फेला परेको छ । महिना उमेरको गैँडाको खाग नपलाएको र मृत्यु बाघको आक्रमणबाट भएको निकुञ्ज प्रशासनले जनाएको छ ।
योसँगै चितवन राष्ट्रिय निकुञ्ज र निकुञ्जको मध्यवर्ती क्षेत्रमा चालु आवमा मृत्यु हुने गैँडाको संख्या १६ वटा पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण