म डुबेँ भने अरुलाई पनि डुबाउँछु भन्नुभएको छ : लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टी र आफूसँगको कुराकानीमा बर्खास्त गरिएका समानुपातिक सांसद डा. ढाकाकुमार श्रेष्ठले आफैमा बाझिने कुरा गरेको बताएका छन् । सभापति लामिछानेका अनुसार श्रेष्ठले सो अडियो आफ्नो नभएको कुरा बारम्बार दोहोर्याए पनि आफू डुबे अरुलाई पनि डुबाउने धम्कीसमेत दिएको खुलाएका हुन् ।
बुधबार पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा सभापति लामिछानेले आजको केन्द्रीय समिति बैठकमा ‘मैले वा पार्टीबाट कसले पैसा मागेको हो ?’ भनेर प्रश्न गर्दा श्रेष्ठले प्रकाशित अडियो आफ्नो हुँदै नभएको र कसैले पनि पैसा नमागेको कुरा राखेको जानकारी दिए । तर, समितिको बयानमा भने श्रेष्ठले ‘अडियो प्रकरण मलाई फँसायो भने नाम लिइदिन्छु’ भनेर भनेको कुरा खुलाए ।
उनले भने,‘अर्को अडियोमा फेरि पुरानो अडियो वहाँकै भएको भन्ने भएको भन्ने यथेस्त प्रमाण देखिन्छ । अडियो होइन भने किन फोन गर्नुभयो भनेर भन्दा बचाई दिन्छ कि भनेर कुरा गरेँ भन्नुभयो । तर उहाँले म डुबेँ भने अरुलाई पनि डुबाउँछु भन्नुभएको छ ।’
पार्टीले श्रेष्ठको साधारण सदस्य र समानुपातिक सांसद पद दुवै खारेज गर्ने निर्णय गरिसकेको छ । उनको स्थानमा विन्दवासिनी कंशाकारलाई समानुपातिक सांसद पदमा निर्वाचित गर्ने प्रक्रिया अघि बढाउने भएको छ ।
पार्टीको छाबिनले त्यो आवाज ढाकाकुमार श्रेष्ठकै भएको निष्कर्ष निकालेर नै उनलाई कारबाही गरेको पनि सभापति लामिछानेले स्पष्ट पारे । एउटा सांसदले कुनै अमुक पैसा माग्नु नै पार्टी विधान अनुसार कारबाही गर्नु यथेस्त कारण भएको उनको भनाई छ । ‘न उहाँ मन्त्री बन्ने लिस्ट हुनुहुन्थ्यो, न स्वास्थ्य मन्त्रालय नै हाम्रो थियो । बरु उहाँले बनाउनु हुँदैन भनेको मान्छे तोसिमा कार्की मन्त्री बन्नुभएको छ । उहाँ यो कुरा कतैमा पनि सिंकमा हुनुहुन्न,’ लामिछानेले स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रारा राष्ट्रिय निकुञ्जमा एनटिएनसीको फिल्ड कार्यालय उद्घाटन
-
गैडाकोटको जुक्तिखोलामा पौडी खेल्ने क्रममा दुई किशोरको मृत्यु
-
समयमै काम नसकिएपछि थपियो फ्लडलाइट सहितको रङ्गशाला बनाउन दुई महिना
-
बागमती प्रदेशमा वैशाख २४ गते सार्वजनिक विदा
-
एनओसी नलिइ अध्ययनका लागि भारत जाने विद्यार्थीको यकिन तथ्याङ्क छैन : शिक्षामन्त्री
-
व्यवस्थाविरूद्ध हुने गतिविधिको प्रतिवाद गर्ने सरकारको नीतिप्रति राप्रपाको आपत्ति