कांग्रेस कि कम्युनिस्ट जन्मियो भन्ने ठाउँमा स्वर्णिम वाग्लेलाई बोकेर आएका छौँः रवि लामिछाने
तनहुँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले तनहुँ–१ राजनीतिक रूपमा चेतनशील र क्रियाशील क्षेत्र भएको बताएका छन् । घरघरमा बच्चा जन्मिँदासमेत कांग्रेस जन्मियो कि कम्युनिस्ट भनेर चर्चा हुने ठाउँमा डा स्वर्णिम वाग्लेलाई बोकेर पार्टी मैदानमा खडा भएको उनको भनाइ छ ।
‘तनहुँ–१ राजनीतिक रूपमा असाध्यै चेतनशील अथवा राजनीतिक रूपमा क्रियाशील ठाउँ हो’, बिहीबार तनहुँको आँबुखैरेनीमा आयोजित चुनावी सभामा बोल्दै लामिछानेले भने, ‘घरघरमा मान्छेहरु छोरा जन्मियो कि छोरी भन्ने भन्दा पनि कांग्रेस जन्मियो कि कम्युनिस्ट जन्मियो भनेर भनिने राजनीतिक रूपमा असाध्यै घोलिएको ठाउँमा हामी स्वर्णिम वाग्लेलाई बोकेर आएका छौँ ।’
उनले आफ्नो पार्टी कसैविरुद्ध नरहेको भन्दै गरिबी, अशिक्षा, भ्रष्टाचार र बेथितिविरुद्ध भने दुस्मन भएको बताए । उनले आफ्नो पार्टी आम नागरिकको मित्र भएको उल्लेख गर्दै देश बनाउन आएको बताए ।
लामिछानेले उपनिर्वाचन योग्यता र क्षमता भएकाहरूलाई अघि बढाउने अवसर भएको भन्दै डा स्वर्णिमलाई जिताउन आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेदरल्यान्ड्स र मोरक्कोबिच प्रतिस्पर्धा सुरु
-
सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन
-
मनसुन थप सक्रिय, आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
-
चन्द्रगढी वनमा आयुर्वेदिक औषणीय गुण भएका वनस्पति रोपिँदै
-
आजदेखि बेँसीसहर-चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
-
गोरखामा अफ्रिकन स्वाइन फिभरबाट २५० सुँगुर मरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण