रौतहटमा माटोको ढिस्कोमा पुरिएर १ बालिकाको मृत्यु, ३ जना घाइते
शुक्रबार, ०१ वैशाख २०८०, २२ : ०९
रौतहट । रौतहटमा माटोको ढिस्कोमा पुरिएर १ बालिकाको मृत्यु भएको छ । सो घटनामा परेर ३ जना घाइते भएका छन् । रौतहटको गढीमाई नगरपालिकामा माटोको ढिस्कोमा पुरिएर सोही नगरपालिका ३ की ९ वर्षीय बालिका अफरिदा नेसाको मृत्यु भएको हो । शुक्रवार साँझ माटो खन्दा माथिबाट खसेको ढिस्कोले पुरिएर उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
सो घटनामा नेसासँगै माटो लिन गएका सोही ठाउँका ४२ वर्षीय नासीबुन खातुन, ११ वर्षीय रहना खातुन र ११ वर्षीय इसरफ खातुन ढिस्कोले पुरिएर घाइते भएका इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी छेदीलाल कामातिले बताए । घाइते तीनैजनाको स्थानीय अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि एम्बुलेन्सबाट वीरगञ्ज पठाइएको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण