सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

सलमानसँग डेट गरिरहेकी छिन् पूजा ?

शनिबार, ०२ वैशाख २०८०, ०८ : ०६
शनिबार, ०२ वैशाख २०८०

मुम्बई । अभिनेत्री पूजा हेगडे आजकल आफ्नो आगामी फिल्म ‘किसी का भाई किसकी जान’ को प्रमोशनमा व्यस्त छिन् । यसैबीच, पूजाले आफ्नो र सलमानको सम्बन्धको अफवाहबारे मौनता तोड्दै त्यस्ता रिपोर्टहरूलाई अस्वीकार गरेकी छन् । सलमान पूजाका भाइ ऋषभ हेगडेको विवाहमा सहभागी हुन मंगलौर पुगेपछि दुई जनाको सम्बन्धको बारेमा विभिन्न टिकाटिप्पणीहरु सुरु भएको थियो ।

ईटाइम्सलाई दिएको एक अन्तर्वार्तामा जब पूजालाई सलमानसँगको सम्बन्धलाई लिएर प्रश्न गरियो उनले भनिन्, ‘म यसबारे के भन्न सक्छु । म हरेक दिन आफ्नो बारेमा नयाँ कुराहरू पढिरहन्छु। म सिंगल छु, मलाई एक्लै बस्न मन पर्छ । म अहिले आफ्नो करियरमा ध्यान केन्द्रित गरिरहेको छु । म विभिन्न सहरमा घुमिरहन्छु । अहिले मेरो लक्ष्य मेरो करियर हो । म अब यी अफवाहहरूमा ध्यान दिन सक्दिनँ । '

एनआईसँग कुरा गर्दै पूजाले भनिन्, ‘मलाई यो फिल्म लकडाउन अघि अफर आएको थियो । त्यतिबेला यो फिल्मको शीर्षक ‘अल्लाह’ थियो। पहिले साजिद नाडियाडवाला यस प्रोजेक्टको एक हिस्सा थिए । हामीले यसअघि हाउसफूलमा सँगै काम गरेका थियौँ ।

मोहनजोदारो देखेपछि सलमान प्रभावित भए

‘मेरो फिल्म मोहनजोदारो हेरेपछि सलमान सरले हामी पक्कै पनि सँगै प्रोजेक्ट गर्नेछौँ भनेर भनेर भन्नुभएको थियो । यो फिल्म मलाई एकदमै राम्रो लाग्यो किनभने फिल्ममा मेरो क्यारेक्टर तेलुगु युवतीको छ। मैले तेलुगु फिल्महरूमा धेरै काम गरेकोले यो मेरो लागि राम्रो थियो। त्यसैले पनि मलाई त्यो पात्र सुहाउँछ । सलमान खानको फिल्ममा यस्तो विशेष भूमिका गर्ने मौका पाउनु राम्रो कुरा हो,’ उनले थपिन् ।

‘किसी का भाई किसी की जान’ अप्रिल २१ मा रिलिज हुँदैछ । ईदको अवसरमा रिलिज हुने चलचित्रको हालै निर्माण पक्षले ट्रेलर सार्वजनिक गरेको छ । यसलाई फ्यानबाट मिश्रित प्रतिक्रिया आएको छ । फिल्ममा सलमान र पूजाबाहेक वेंकटेश दग्गुबाती, जगपति बाबु, शहनाज गिल, पलक तिवारी, विजेंदर सिंह, राघव जुयाल, जस्सी गिल, भूमिका चावला र सिद्धार्थ निगमको पनि मुख्य भूमिका छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप