सलमानसँग डेट गरिरहेकी छिन् पूजा ?
मुम्बई । अभिनेत्री पूजा हेगडे आजकल आफ्नो आगामी फिल्म ‘किसी का भाई किसकी जान’ को प्रमोशनमा व्यस्त छिन् । यसैबीच, पूजाले आफ्नो र सलमानको सम्बन्धको अफवाहबारे मौनता तोड्दै त्यस्ता रिपोर्टहरूलाई अस्वीकार गरेकी छन् । सलमान पूजाका भाइ ऋषभ हेगडेको विवाहमा सहभागी हुन मंगलौर पुगेपछि दुई जनाको सम्बन्धको बारेमा विभिन्न टिकाटिप्पणीहरु सुरु भएको थियो ।
ईटाइम्सलाई दिएको एक अन्तर्वार्तामा जब पूजालाई सलमानसँगको सम्बन्धलाई लिएर प्रश्न गरियो उनले भनिन्, ‘म यसबारे के भन्न सक्छु । म हरेक दिन आफ्नो बारेमा नयाँ कुराहरू पढिरहन्छु। म सिंगल छु, मलाई एक्लै बस्न मन पर्छ । म अहिले आफ्नो करियरमा ध्यान केन्द्रित गरिरहेको छु । म विभिन्न सहरमा घुमिरहन्छु । अहिले मेरो लक्ष्य मेरो करियर हो । म अब यी अफवाहहरूमा ध्यान दिन सक्दिनँ । '
एनआईसँग कुरा गर्दै पूजाले भनिन्, ‘मलाई यो फिल्म लकडाउन अघि अफर आएको थियो । त्यतिबेला यो फिल्मको शीर्षक ‘अल्लाह’ थियो। पहिले साजिद नाडियाडवाला यस प्रोजेक्टको एक हिस्सा थिए । हामीले यसअघि हाउसफूलमा सँगै काम गरेका थियौँ ।
मोहनजोदारो देखेपछि सलमान प्रभावित भए
‘मेरो फिल्म मोहनजोदारो हेरेपछि सलमान सरले हामी पक्कै पनि सँगै प्रोजेक्ट गर्नेछौँ भनेर भनेर भन्नुभएको थियो । यो फिल्म मलाई एकदमै राम्रो लाग्यो किनभने फिल्ममा मेरो क्यारेक्टर तेलुगु युवतीको छ। मैले तेलुगु फिल्महरूमा धेरै काम गरेकोले यो मेरो लागि राम्रो थियो। त्यसैले पनि मलाई त्यो पात्र सुहाउँछ । सलमान खानको फिल्ममा यस्तो विशेष भूमिका गर्ने मौका पाउनु राम्रो कुरा हो,’ उनले थपिन् ।
‘किसी का भाई किसी की जान’ अप्रिल २१ मा रिलिज हुँदैछ । ईदको अवसरमा रिलिज हुने चलचित्रको हालै निर्माण पक्षले ट्रेलर सार्वजनिक गरेको छ । यसलाई फ्यानबाट मिश्रित प्रतिक्रिया आएको छ । फिल्ममा सलमान र पूजाबाहेक वेंकटेश दग्गुबाती, जगपति बाबु, शहनाज गिल, पलक तिवारी, विजेंदर सिंह, राघव जुयाल, जस्सी गिल, भूमिका चावला र सिद्धार्थ निगमको पनि मुख्य भूमिका छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण