उपेन्द्रलाई मतदान गर्न स्वतन्त्र सांसदको अपिल
काठमाडौँ । मधेश प्रदेशसभाका सदस्य (स्वतन्त्र) प्रमोद जयसवालले बारा–२ मा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गरेका छन् । पर्सा–१ बाट स्वतन्त्रबाट चुनाव जितेका जयसवालले आज एक अपिल जारी गरी बारा–२ को उपनिर्वाचनमा उम्मेदवार बनेका जसपाका अध्यक्ष यादवलाई समर्थन गर्दै मतदातालाई मत हाल्नका लागि आग्रह गरेका हुन् ।
यादवले मधेश आन्दोलनको नेतृत्व गर्नुका साथै मधेशका मुद्दा तथा संघीयता स्थापित गराउन योगदान दिएको बताउँदै उनलाई भोट हाल्न जयसवालले आग्रह गरे । अध्यक्ष यादवलाई भोट दिए संसदमा उनको उपस्थितिले मात्र सम्बोधन हुन बाँकी नागरिकता लगायतका विषयहरु सम्बोधन हुने दावी जयसवालले गरेका छन् । ‘प्रदेश सांसदहरुले उठाउने विषय समाधान गराउन समेत केन्द्रीय तहमा अभिभावकीय भूमिका खेल्न उपेन्द्र यादवको संघीय सदनमा अपरिहार्य आवश्यकता देखिएको छ’ उनले भनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण