करेन्ट लागेर बुटवलका उद्योगीको निधन
रुपन्देही । बुटवलका एक प्रतिष्ठित उद्योगी खेमबहादुर श्रीसको आइतबार बिहान निधन भएको छ । काम गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका श्रीसको उपचारको क्रममा काठमाडौँमा मृत्यु भएको हो ।
उनी बुटवल औद्योगिक क्षेत्रका उद्योगी हुन् । एक महिनाअघि नवलपरासीको बर्दघाटमा विद्युतिकरणको काम गर्दा श्रीसलाई करेन्ट लागेर गम्भीर घाइते भएका थिए । ५७ वर्षीय श्रीस नेपाल उद्योग व्यापार महासङ्घका केन्द्रीय सचिवालय सदस्य, महासङ्घ लुम्बिनी प्रदेश कार्यवाहक अध्यक्ष एवं उद्योग व्यापार सङ्घ बुटवलका पूर्व अध्यक्ष हुन् ।
बुटवल औद्योगिक क्षेत्रको बुटवल इलेकट्रोनिक्स एन्ड ट्रान्सफर्मर उद्योगका सञ्चालक श्रीसको निधनले बुटवलको औद्योगिक क्षेत्रलाई ठुलो क्षति पुगेको उद्योग व्यापार सङ्घ बुटवलले जनाएको छ । श्रीसको निधनप्रति उद्योग व्यापार सङ्घ बुटवलका अध्यक्ष गोविन्द गैरे, नेपाल उद्योग व्यापार महासङ्घका महासचिव खिमनारायण पराजुली लगायत शोक वक्तव्य लेख्दै दुःख व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्र नीतिमा विचलन आए सशक्त प्रतिरोध हुनेछ: नारायणकाजी श्रेष्ठ
-
सुकुमबासीहरूलाई भोकमरीतर्फ धकेलिएको आराेप, फौजदारी अनुसन्धानको माग
-
पाकिस्तानको तटमा कार्गो विमानको भग्नावशेष फेला, ५ चालक दलका सदस्यको खोजी जारी
-
थारू समुदायको प्रथाजनित परम्परा संरक्षणसम्बन्धी विधेयक सर्वसम्मत पारित
-
१० बजे १० समाचार : अभिषेक गिरीको जताततै घरजग्गा, फेरि भिड्न थाले इरान–अमेरिका
-
देउवा समूह पार्टीमा एकता कायम राख्न लचिलो बन्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण