यो व्यवस्थामाथि संकट आएको हो भने प्रधानमन्त्रीले संसदमा आएर भन्नुपर्यो : ठाकुर गैरे
काठमाडौँ । राजनीतिक व्यवस्थामाथि संकट आएको भनेर प्रधानमन्त्रीले बोलेको कुरामाथि प्रतिनिधिसभा बैठकमा एमाले सांसद ठाकुर गैरेले टिप्पणी गरेका छन् । उनले प्रधानमन्त्रीले यो व्यवस्था संकटमा पर्यो, उल्टिन लाग्यो भनेर के सन्देश दिन खोज्नुभएको हो भन्दै प्रश्न गरे ।
आइतबारको प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले भने– ‘यो सार्वभौम सदन चलिरहेको बेलामा यो व्यवस्थामाथि संकट आएको हो भने सदनमा प्रधानमन्त्री आउनुपर्यो, सदनलाई जानकारी गराउनुपर्यो । सदन सूचीत हुनुपर्यो कसले यो व्यवस्था उल्टाउन खोजीरहेको छ ? के कारणले संकट पैदा भएको हो ? ती सबै चुनौतीहरुलाई सामना गर्न संसद तयार हुनुपर्छ । प्रधानमन्त्रीले त्यो जानकारी सदनमा गराउनुपर्छ ।’
प्रधानमन्त्री प्रचण्डले नयाँ वर्षको दिन शुभकामना दिने क्रममा पार्टी कार्यालयमा उनले अहिलेको राजनीतिक व्यवस्था संकटमा परेको बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण