‘विश्व सम्पदा’ लुम्बिनी खतराको सूचीमा पर्ने जोखिम
रुपन्देही । विश्व शान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनी खतराको सूचीमा पर्ने जोखिम देखिएको छ । लुम्बिनीको गुरुयोजना विपरीत जथाभाबी निर्माण भएका संरचनाले लुम्बिनी विश्व सम्पदाको खतरा सूचीमा पर्ने सम्भावना बढेको हो ।
यूनेस्को विश्व सम्पदा केन्द्रको ४३ औँ सत्रको निर्णय र नेपाल सरकारले यूनेस्कोलाई गरेको आमन्त्रण अनुसार यूनेस्को ‘रि एक्टिभ मनिटरिङ मिसन’ले सन् २०२२ मा लुम्बिनीको अध्ययन अवलोकन भ्रमण गरेको थियो ।
उक्त मिसनले अध्ययन गरेर बुझाएको प्रतिवेदनमा सुधारका काम नगरे लुम्बिनीलाई विश्व सम्पदा खतराको सूचीमा सूचीकृत गर्ने उल्लेख छ । विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीको वरिपरि भइरहेका पूर्वाधार निर्माण र प्रदूषणका कारण परेको प्रभावबारे संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठनको उक्त टोलीले अध्ययन गरेको थियो । यूनेस्कोले लुम्बिनीलाई सन् १९९७ मा विश्व सम्पदा सूचीमा सूचीकृत गरेको थियो ।
पुरातत्त्व विभागका पूर्वमहानिर्देशक कोषप्रसाद आचार्य लुम्बिनीको सम्पदा जोगाउन सरकार र कोषका तर्फबाट काम नभएको बताउँछन् । आचार्यले भने, ‘जुन सम्पदाको कारणले लुम्बिनीको नाम छ, त्यसलाई जोगाइराख्न जेजस्तो प्रयास गर्नुपर्दथ्यो, त्यसमा कमजोरी भएका छन्, यसले अप्ठेरो पर्ने देखिन्छ ।’
लुम्बिनीको पुरातत्त्व, कला र वास्तुकलाबारे विद्यावारिधि गरेका डा. गीतु गिरीका अनुसार मायादेवी मन्दिरको संरचना, स्मारक र इट्टा लगाएर बनाइएको ‘मेडिटेसन’को विषयलाई लिएर यूनेस्कोले विश्व सम्पदा सूचीबाट हटाउने चेतावनी यसअघि दिइसकेको छ । उनले भने, ‘यूनेस्कोले विश्व सम्पदा सूचीबाट हटाउने पटक–पटक चेतावनी दिँदै आएको छ, पुरातत्त्वलाई असर नपर्ने गरी काम हुनुपर्नेमा विकास कोषले त्यसमा गम्भीर लापरबाही गरेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बालेन सरकारलाई मेरो आग्रह छ- प्रश्न गर्नेहरूलाई शत्रु नदेख्नुस्’
-
ध्रुवे हात्तीलाई नियन्त्रणमा लिई रेडियो कलर गरिने, मृतकका परिवारलाई २० लाख रुपैयाँ राहत
-
सहमति नभए छुट्टै १५ औँ महाधिवेशन गर्नुपर्छ : विमलेन्द्र निधि
-
खोजेको बेला उपस्थित हुनेगरी सम्पत्ति शुद्धीकरणबाट पनि रिहा भए प्रतिक थापा
-
एसीसी यू-१९ महिला प्रिमियर कपका लागि नेपाली टोलीको घोषणा
-
राष्ट्रिय भेला गर्ने निर्णय थप सल्लाह गरेर मात्रै हुन्छ : पूर्णबहादुर खड्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण