एसीसी प्रिमियर कपमा मलेसियामाथि नेपालको शानदार जित
काठमाडौँ । एसीसी प्रिमियर कपमा आयोजक नेपालले पाहुना टोली मलेसियामाथि शानदार जित हात पारेको छ । टीयू क्रिकेट मैदानमा आजदेखि सुरु भएको खेलमा नेपालले विजयी सुरुवात गरेको हो ।
सुरुवाती फिल्डिङ गरेको नेपालले मलेसियालाई ६ विकेटले हराउने क्रममा सन्दीप लामिछाने र सोमपाल कामीले सामान ३–३ विकेट लिए । यस्तै, ललित राजवंशीले २ विकेट लिँदा गुल्शान झाले १ विकेट लिए ।
जवाफी ब्याटिङमा आएको नेपालले ८२ बल बाँकी रहँदै मलेसियामाथि ६ विकेटको शानदार जित हात पारेको हो । यसक्रममा मध्यक्रमका ब्याट्सम्यान कुशल मल्लले विस्फोटक ब्याटिङ गरे । उनले ४० बलमा ५ छक्का र ५ चौकाको मद्दतमा ७० रन बनाए । यस्तै, भीम सार्कीले ९८ बल खेल्दै समान ७० रन बनाए ।
सुरुवाती ब्याटिङमा आएका आसिफ खानले ३ बल खेल्दै १ रन बनाएर पेभेलियन फर्किएपछि नेपाली टोली दबाबमा परेको थियो । तर, ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले ३१ बलमा ३८ रन बनाउँदै नेपाललाई लय दिलाएका थिए । यस्तै, नेपाललाई शानदार जित दिलाउने क्रममा कप्तान रोहित पौडेलले ४२ र दिपेन्द्रसिंह ऐरीले ५ रन बनाए ।
टीयू र मुलपानी क्रिकेट रङ्गशालामा हुने यो प्रतियोगिता जितेमा नेपालले एसिया कप खेल्न पाउनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती खेलकुद: पुरुष क्रिकेटको उपाधि चितवनलाई
-
चूडामणि शर्माविरुद्धका दुई भ्रष्टाचार मुद्दामा विशेष अदालतद्वारा कागजात झिकाउने आदेश
-
सम्झौता उल्लङ्घन भए इरानमाथि फेरि कडा नाकाबन्दी लगाउँछौँ : अमेरिकी रक्षामन्त्री
-
युद्ध अन्त्य गर्ने सम्झौता अमेरिकाको हार : इरानी पत्रपत्रिका
-
फेरिँदै विद्यालय पाठ्यक्रम, नैतिक शिक्षालाई समेट्ने गरी अघि बढ्यो कार्यदल
-
तनहुँमा १९ जना शङ्कास्पद व्यक्ति पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण