बिजुलीको खपतमा वार्षिक १५ प्रतिशतले वृद्धि भएको छ–कुलमान घिसिङ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले नेपामा वार्षिक १५ प्रतिशतका दरले बिजुलीको खपत बढिरहेको बताएका छन् । मंगलबारदेखि सुरु भएको २ दिने पावर समिटमा बोल्दै घिसिङले लोडसेडिङको अन्त्य भएपछि वार्षिकरुपमा बिजुलीको खपत बढिरहेको बताएका हुन् ।
उनले भने, ‘पछिल्ला वर्षहरुमा नेपालमा १५ प्रतिशतले बिजुलीको खपत बढिरहेको छ । यसले नेपालमै बिजुलीको बजार बढिरहेको देखाउँछ ।’ यद्यपि, केही वर्षपछि उत्पादन हुने बिजुली निर्यातका लागि क्रस बोर्डर बजारको विकल्प समेत नेपालसँग रहेको घिसिङको भनाई छ ।
‘क्रस–बोर्डर ट्रान्समिसन लाइन निर्माणमा हामी एकदमै एग्रेसिभ बनेका छौं,’ घिसिङले थपे, ‘आगामी ५–६ वर्ष भित्र नेपाल–भारतबीत ५–६ वटा क्रस बोर्डर ट्रान्समिसन लाइन हुनेछ । जसले हजारौं मेगावाट बिजुली बोक्न सक्छ ।’
यस्तै, आन्तरिक ट्रान्समिसन लाइनतर्फ समेत लगानी तीव्र भइरहेको छ भने यसका लागि सरकारले ठूलो लगानी गरिरहेको छ । यद्यपि प्रसारणलाइन निर्माणमा विभिन्न प्रकारका समस्या देखिएका छन् । स्थानीयको अवरोध, वनको समस्या लगायतका कारणले केही आयोजनामा समस्या आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यानडामा हुने जी– ७ शिखर सम्मेलनमा मोदी सहभागी हुने
-
अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा मौरिसको सालिक
-
चलचित्र समीक्षक समाजको अध्यक्षमा तिमिल्सेना
-
मार्फा–जोमसोम सडक धमाधम कालोपत्रे
-
१२ बजे १२ समाचार: कांग्रेसको मधेस प्रदेश सरकार नेतृत्वमा दाबीदेखि, कोरोनाको जोखिमसम्म
-
आलम सफाइ प्रकरण र पतञ्जली जग्गा प्रकरणमा युवराज सफलकाे दुई छुट्टाछुट्टै उजुरी