बिजुलीको खपतमा वार्षिक १५ प्रतिशतले वृद्धि भएको छ–कुलमान घिसिङ
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले नेपामा वार्षिक १५ प्रतिशतका दरले बिजुलीको खपत बढिरहेको बताएका छन् । मंगलबारदेखि सुरु भएको २ दिने पावर समिटमा बोल्दै घिसिङले लोडसेडिङको अन्त्य भएपछि वार्षिकरुपमा बिजुलीको खपत बढिरहेको बताएका हुन् ।
उनले भने, ‘पछिल्ला वर्षहरुमा नेपालमा १५ प्रतिशतले बिजुलीको खपत बढिरहेको छ । यसले नेपालमै बिजुलीको बजार बढिरहेको देखाउँछ ।’ यद्यपि, केही वर्षपछि उत्पादन हुने बिजुली निर्यातका लागि क्रस बोर्डर बजारको विकल्प समेत नेपालसँग रहेको घिसिङको भनाई छ ।
‘क्रस–बोर्डर ट्रान्समिसन लाइन निर्माणमा हामी एकदमै एग्रेसिभ बनेका छौं,’ घिसिङले थपे, ‘आगामी ५–६ वर्ष भित्र नेपाल–भारतबीत ५–६ वटा क्रस बोर्डर ट्रान्समिसन लाइन हुनेछ । जसले हजारौं मेगावाट बिजुली बोक्न सक्छ ।’
यस्तै, आन्तरिक ट्रान्समिसन लाइनतर्फ समेत लगानी तीव्र भइरहेको छ भने यसका लागि सरकारले ठूलो लगानी गरिरहेको छ । यद्यपि प्रसारणलाइन निर्माणमा विभिन्न प्रकारका समस्या देखिएका छन् । स्थानीयको अवरोध, वनको समस्या लगायतका कारणले केही आयोजनामा समस्या आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यादेशबाट पदाधिकारी हटाउने विवाद सम्बन्धी मुद्दा : सर्वोच्च बार र नेपाल बारबाट ८ जना 'एमिकस क्युरी' पठाइयो
-
चार निर्णय सुनाउँदै गृहमन्त्री गुरुङले भने– हरेक फाइल खोलिन्छ अब
-
गृह मन्त्रालय र सुरक्षा निकायबाट संवेदनशील सूचना चुहिएको विषय अध्ययन गर्न समिति गठन गरिने
-
दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय
-
कुशीनगर प्रकरण : नेटवर्किङको आवरणमा ठग्ने थप १२ जना पक्राउ
-
महावीर मात्र पाका मन्त्री !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण