सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

काठमाडौँ टिम च्याम्पियन

मङ्गलबार, ०५ वैशाख २०८०, १९ : ४५
मङ्गलबार, ०५ वैशाख २०८०

काठमाडौँ । काठमाडौँले १३ औं राष्ट्रपति रनिङ सिल्ड बागमती प्रदेश छनोट प्रतियोगिताको उपाधि जितेको छ । 

विभिन्न ६ खेल समावेश प्रतियोगितामा सर्वाधिक १७ स्वर्ण जित्दै काठमाडौँ टिम च्याम्पियन बनेको हो । 

प्रदेश खेलकुद विकास परिषद्, बागमतीद्वारा आयोजित प्रतियोगितामा चितवन १० स्वर्णकासाथ दोस्रो भयो । तेस्रो स्थानको मकवानपुरले ६ स्वर्ण हात पा¥यो । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार हात पारेको प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका कार्यालय प्रमुख देवनारायण चौधरीले जनाएका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगिताको अन्तिम दिन छात्रको भलिबलमा चितवन पहिलो, धादिङ दोस्रो तथा मकवानपुर र ललितपुर तेस्रो भए । छात्रामा काठमाडौँले स्वर्ण, मकवानपुरले रजत तथा काभ्रे र ललितपुरले कांस्य जिते ।

कबड्डीको छात्रमा काभ्रे पहिलो, काठमाडौँ दोस्रो तथा धादिङ र मकवानपुर तेस्रो बने । छात्रामा काठमाडौँ विजेता, धादिङ उपविजेता तथा मकवानपुर र भक्तपुर तेस्रो बने ।

विजेतालाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्य–सचिव सूर्यलाल भण्डारी, राखेपका बोर्ड सदस्यद्वय अञ्जन धमला र प्रकाश कुसारी, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ र उप–महासचिव पीताम्बर तिम्सिना, प्रचारप्रसार शाखाका प्रमुख खुशराज दाहाल, नेपाल कराँते महासंघका वरिष्ठ उपाध्यक्ष हरिशरण केसीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । 

तीनदिने प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराँते, तेक्वान्दो र उसु गरी ६ खेलमा ५२ स्वर्णका लागि प्रतिष्पर्धा भएको थियो । प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका कार्यालय प्रमुख देवनारायण चौधरीका अनुसार जम्मा १ हजार २ सय ९ खेलाडीले प्रतिष्पर्धा गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप