बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

अवसरवादीहरूको पराजय निश्चित छ : नैनसिंह महर

मङ्गलबार, ०५ वैशाख २०८०, २० : ४५
मङ्गलबार, ०५ वैशाख २०८०

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नयाँ राजनीतिक दलहरूले पुराना राजनीतिक शक्तिहरूप्रति जनतामा भ्रम छर्न खोजेकोमा आफ्नै चरित्र उदाङ्गो भएको बताएका छन् ।

सत्ता गठबन्धनबाट तनहुँ १ मा उम्मेदवार बनेका गोविन्द भट्टराईको व्यास ९ मा आयोजित कोणसभामा बोल्दै उनले जनतालाई धोका दिन छलछाम गर्नेहरू पराजित हुनेमा कांग्रेस विश्वस्त रहेको बताए ।

'कांग्रेसले लगाएको गुन भुलेर छेणिक अवसरका खातिर चुनावमा होमिएका उम्मेदवार पनि यही क्षेत्रमा छन् । अन्य राजनीतिक स्वार्थ बोकेका उम्मेदवार पनि यसै क्षेत्रमा छन् । तर, कांग्रेससँग जनताको हितमामात्रै काम गरेको इतिहास छ । पार्टीमा कुर्न पनि सक्नुपर्छ । इतिहास बोकेको पार्टी हो । पार्टीले अवश्य योगदानको कदर गर्छ । गोविन्द भट्टराई जस्ता इमानदार र ग्रास रुटमा रहेर काम गर्ने नेताको पालो अहिले आएको छ । उहाँलाई तनहुँ क्षेत्र नम्बर १ का जनताले जिताउनेमा म विश्वस्त छु', उनले भने ।

जनताले योग्य व्यक्तिलाई चिन्न सकेकै कारण तनहुँ १ राष्ट्रपति जस्तो व्यक्ति जन्माउन सफल भएको महरले बताए । डलरको खेती गरेका विदेश प्रस्तहरूले मुलुकको अनुहार फेर्छु भन्दै अहिलेका चेतनशील जनतामा भ्रम छर्न खोज्नु रत्तीभर पनि स्वभनीय नभएको उनले बताए । 

तनहुँ–१ मा १० वैशाखको उपचुनावमा कांग्रेस नेता भट्टराई, रास्वपाका स्वर्णिम वाग्ले र एमालेका सर्वेन्द्र खनाललगायत प्रतिस्पर्धामा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप