देशमा संकट विद्यमान छ, राजतन्त्र हुँदा समेत अहिलेको जस्तो अवस्था थिएन : विप्लव
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले देश सरकारबिहीन भएको टिप्पणी गरेका छन् । बुधबार ‘राजनीतिक अस्थिरता, आथिर्क संकट र सञ्चारको दायित्व’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै चन्दले यस्तो टिप्पणी गरेका हुन् ।
उनले मंसिरमा भएको चुनावदेखि आजसम्म पनि सरकारले पूर्णता नपाउनु भनेको सरकार नहुनु सरह रहेको जिकिर गरे । उनले प्रधानमन्त्रीले नै १६ वटासम्म मन्त्रालय हेर्ने स्थिति आउनु लज्जाको विषय भएको पनि बताए।
अहिलेको परिवेशले नेपालमा राजनीतिक अस्थिरता अझै बढेर जानेकुरा चित्रित गरेको बताए । उनले देशमा गणतन्त्र आएको १५ वर्षसम्म दलहरुले झगडामा बिताएको उल्लेख गर्दै जनता र अन्य कारण देखाएर पन्छिन नमिल्ने बताए ।
महासचिव चन्दले देशमा संकट विद्यमान रहेकाले के हुन्छ भनिहाल्ने अवस्था नरहेको बताए । नेपालमा राजतन्त्र हुँदा समेत अहिलेको जस्तो आर्थिक मन्दीकोको अवस्था भोग्नु नपरेको उनले बताए ।
उनले भने, ‘मंसिरमा चुनाव भएको हो, अहिलेसम्म सरकार बन्न सकेको छैन । मन्त्रालय फालाफाल छन् । कोही के भनेको छ, कोही के भनेको छ, एक हिसावले भन्दा सरकार नै छैन । पञ्चायतको भन्दा पनि तल पुगेको छौँ । नेगेटिभ पार्टबाट हेर्दा पञ्चायतमा राजनीति निरंकुश भएपनि आर्थिक क्षेत्रले हेर्दा आजको जस्तो दिनमा आइपुगेको त थिएन ।’
उनले अगाडि भने, ‘आज भोलि यो सरकार पनि कति महिना ? कति दिन भन्ने चर्चा छ । घोषित नै ढंगले पनि दुई वर्ष भनिरहेका छन् । संकटकै कुरा भन्दा पनि कति बेला के हुन्छ भन्नेजस्तो छ । यो नेपालको परिवेशले अस्थिरतालाई देखाउँछ ।’
महासचिव चन्दले नेपालको उत्पादनले तीन महिना पनि नधान्ने स्थिति रहेको भन्दै उत्पादनमा जोड नदिनेहबाट राज्य सञ्चालन हुनै नसक्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
-
भारतीय क्रिकेटमा नयाँ इतिहास: १५ वर्षे वैभवले तोडे सचिनको कीर्तिमान, श्रेयस बने नयाँ टी-ट्वान्टी कप्तान
-
१९ वर्षीया मिरा एन्ड्रीभालाई पहिलो ग्रान्ड स्लाम उपाधि, पोल्यान्डकी च्वालिन्स्काको सपना अधुरै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण