सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

देशमा संकट विद्यमान छ, राजतन्त्र हुँदा समेत अहिलेको जस्तो अवस्था थिएन : विप्लव

बुधबार, ०६ वैशाख २०८०, २२ : १७
बुधबार, ०६ वैशाख २०८०

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले देश सरकारबिहीन भएको टिप्पणी गरेका छन् । बुधबार ‘राजनीतिक अस्थिरता, आथिर्क संकट र सञ्चारको दायित्व’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै  चन्दले यस्तो टिप्पणी गरेका हुन् । 

उनले मंसिरमा भएको चुनावदेखि आजसम्म पनि सरकारले पूर्णता नपाउनु भनेको सरकार नहुनु सरह रहेको जिकिर गरे । उनले प्रधानमन्त्रीले नै १६ वटासम्म मन्त्रालय हेर्ने स्थिति आउनु लज्जाको विषय भएको पनि बताए।

 अहिलेको परिवेशले नेपालमा राजनीतिक अस्थिरता अझै बढेर जानेकुरा चित्रित गरेको बताए ।  उनले देशमा गणतन्त्र आएको १५ वर्षसम्म दलहरुले झगडामा बिताएको उल्लेख गर्दै जनता र अन्य कारण देखाएर पन्छिन नमिल्ने बताए । 

 महासचिव चन्दले देशमा संकट विद्यमान रहेकाले के हुन्छ भनिहाल्ने अवस्था नरहेको बताए ।  नेपालमा राजतन्त्र हुँदा समेत अहिलेको जस्तो आर्थिक मन्दीकोको अवस्था भोग्नु नपरेको उनले बताए । 
उनले भने, ‘मंसिरमा चुनाव भएको हो, अहिलेसम्म सरकार बन्न सकेको छैन । मन्त्रालय फालाफाल छन् । कोही के भनेको छ, कोही के भनेको छ, एक हिसावले भन्दा सरकार नै छैन । पञ्चायतको भन्दा पनि तल पुगेको छौँ । नेगेटिभ पार्टबाट हेर्दा पञ्चायतमा राजनीति निरंकुश भएपनि आर्थिक क्षेत्रले हेर्दा आजको जस्तो दिनमा आइपुगेको त थिएन ।’ 

उनले अगाडि भने, ‘आज भोलि यो सरकार पनि कति महिना ? कति दिन भन्ने चर्चा छ । घोषित नै ढंगले पनि दुई वर्ष भनिरहेका छन् । संकटकै कुरा भन्दा पनि कति बेला के हुन्छ भन्नेजस्तो छ । यो नेपालको परिवेशले अस्थिरतालाई देखाउँछ ।’

महासचिव चन्दले नेपालको उत्पादनले तीन महिना पनि नधान्ने स्थिति रहेको भन्दै उत्पादनमा जोड नदिनेहबाट राज्य सञ्चालन हुनै नसक्ने बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप