एक महिनामै भित्रियो साढे २०० विद्युतीय सवारी
काठमाडौँ । चैत महिनामा विदेशबाट साढे २०० वटा विद्युतीय सवारी नेपाल भित्रिएको छ । चालू आर्थिक वर्षको ९ महिनाको तथ्यांक सार्वजनिक गर्दै भन्सार विभागले चैतमा मात्रै साढे २०० वटा विद्युतीय सवारी नेपाल भित्रिएको जानकारी दिएको हो । तथ्यांकअनुसार चैत महिनासम्ममा २४ सय ५१ वटा विद्युतीय सवारी भित्रिएका छन् । जबकी, फागुन महिनासम्मको अवधिमा २१ सय ९८ वटा विद्युतीय सवारी भित्रिएका थिए । चैत महिनामा भित्रिएका विद्युतीय सवारी चालू वर्षकै सबैभन्दा धेरै हुन् ।
साउनदेखि चैत महिनासम्ममा १०० किलोवाटसम्मका २३ सय ७९ वटा विद्युतीय सवारी भित्रिएका छन् । यस्तै, २०० किलोवाटसम्मका ६५ वटा र ३०० किलोवाटसम्मका ७ वटा विद्युतीय सवारी भित्रिएका हुन् । उक्त संख्याका विद्युतीय सवारी साधनको आयात हुँदा नेपालबाट ६ अर्ब ८३ करोड रुपैयाँ बाहिरिएको छ । यस्तै, १ अर्ब ९२ करोड रुपैयाँ राजश्व संकलन भएको छ । विद्युतीय सवारी आयात बढ्दा नेपालले आयात गर्नुपर्ने खनिज इन्धनको परिणाम भने घट्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण