एक महिनामै भित्रियो साढे २०० विद्युतीय सवारी

काठमाडौँ । चैत महिनामा विदेशबाट साढे २०० वटा विद्युतीय सवारी नेपाल भित्रिएको छ । चालू आर्थिक वर्षको ९ महिनाको तथ्यांक सार्वजनिक गर्दै भन्सार विभागले चैतमा मात्रै साढे २०० वटा विद्युतीय सवारी नेपाल भित्रिएको जानकारी दिएको हो । तथ्यांकअनुसार चैत महिनासम्ममा २४ सय ५१ वटा विद्युतीय सवारी भित्रिएका छन् । जबकी, फागुन महिनासम्मको अवधिमा २१ सय ९८ वटा विद्युतीय सवारी भित्रिएका थिए । चैत महिनामा भित्रिएका विद्युतीय सवारी चालू वर्षकै सबैभन्दा धेरै हुन् ।
साउनदेखि चैत महिनासम्ममा १०० किलोवाटसम्मका २३ सय ७९ वटा विद्युतीय सवारी भित्रिएका छन् । यस्तै, २०० किलोवाटसम्मका ६५ वटा र ३०० किलोवाटसम्मका ७ वटा विद्युतीय सवारी भित्रिएका हुन् । उक्त संख्याका विद्युतीय सवारी साधनको आयात हुँदा नेपालबाट ६ अर्ब ८३ करोड रुपैयाँ बाहिरिएको छ । यस्तै, १ अर्ब ९२ करोड रुपैयाँ राजश्व संकलन भएको छ । विद्युतीय सवारी आयात बढ्दा नेपालले आयात गर्नुपर्ने खनिज इन्धनको परिणाम भने घट्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, नयाँ मूल्य कति ?
-
बेलायती राजा नेपालको सहयोगका लागि प्रतिबद्ध : राजदूत घिमिरे
-
पाटन संयुक्त क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका कपाली निर्वाचित
-
डिभी लोटरीको नतिजा प्रकाशित, यसरी हेर्न सकिन्छ
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री र उत्तराखण्डका मन्त्रीबिच भेटवार्ता
-
भारतले निर्माण गरिरहेको तटबन्ध रोक्न एमालेले गर्यो सरकारलाई आग्रह