सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

काठमाडौँको कपनमा चक्कु हानेर व्यवसायी महिलाको हत्या

बिहीबार, ०७ वैशाख २०८०, २० : ४१
बिहीबार, ०७ वैशाख २०८०

काठमाडौँ । कपनको सरस्वीनगरमा चक्कु हानेर एक व्यवसायीको हत्या गरिएको छ । सरस्वतीनगरमा भाँडा पसल सञ्चालन गर्दै आएकी नीरा पाण्डे आचार्यको बिहीबार हत्या भएको हो ।

स्थायी घर बगलुङको बढीगाड भएकी उनीमाथि  चक्कु हान्नेको पहिचान खुलिनसकेको प्रहरीले जानकारी दिएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप