शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

कृषि विकास बैंकको ९ महिनाको नाफा १ अर्ब ४ करोड

शुक्रबार, ०८ वैशाख २०८०, ११ : ३७
शुक्रबार, ०८ वैशाख २०८०

काठमाडौँ । सरकारी स्वामित्वको कृषि विकास बैंकले चालू आर्थिक वर्षको ९ महिनामा १ अर्ब ४ करोड १० लाख ३७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यद्यपि, यो अघिल्लो वर्ष तुलनामा ४५.३६ प्रतिशतले कम हो ।  आर्थिक वर्ष २०७८/७९ को चैत मसान्तसम्म बैंकले १ अर्ब ९० करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा बैंकको खराब कर्जा (एनपीएल) दर बढेसँगै नाफा प्रभावित हुन पुगेको हो ।

अघिल्लो वर्षको सोही अवधिमा जम्मा २.३२ प्रतिशत रहेको बैंकको खराब कर्ताको दर अहिले बढेर ४.३५ प्रतिशत पुगेको छ । जसका कारण बैंकको इम्पेयरमेन्ट चार्ज (प्रोभिजनिङ) २ अर्ब ११ करोड ६६ लाख रुपैयाँ पुगेको छ ।  यस्तै समीक्षा अवधिमा बैंकको सञ्चालन नाफा पनि ४८.१५ प्रतिशतले घटेर १ अर्ब ४४ करोड ९९ लाख रुपैयाँमा सीमित भएको छ । कृषि विकास बैंकको निक्षेप संकलन ५१.०४ प्रतिशतले घट्दा कर्जा लगानी भने २.५५ प्रतिशतले बढेको छ । 

जसका कारण चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा बैंकको वितरणयोग्य नाफा समेत ७९.६२ प्रतिशतले घटेर ५८ करोड ४३ लाख रुपैयाँमा सीमित हुन पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकको यस्तो वितरणयोग्य नाफा २ अर्ब ८६ करोड ७८ लाख रुपैयाँ रहेको थियो ।  तेस्रो त्रैमाससम्ममा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ८.५६ रुपैयाँले घटेर ७.९ रुपैयाँमा झरेको छ भने प्रतिसेयर नेटवर्थ २०१.४ रुपैयाँ कायम भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप