चितवनमा सवारी दुर्घटना, शिक्षकको मृत्यु
चितवन । चितवनमा स्कुटरलाई मिक्सरले ठक्कर दिँदा एक शिक्षकको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–९ का ६८ वर्षीय महेन्द्रप्रसाद पौडेल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार हाकिमचोकबाट चौबिसकोठीतर्फ आउँदै गरेको बा२ क ८३४९ नम्बरको मिक्सरले बाटो काट्ने क्रममा रहेको प्रदेश ३–०३–००२ प ३७७० नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक पौडेलको मृत्यु भएको हो ।
ठक्करबाट घाइते पौडेलको उपचारका क्रममा चितवन मेडिकल कलेजमा आज बिहान ९ः ३५ बजे मृत्यु भएको उनले जानकारी दिए । ठक्कर दिने मिक्सर र चालक प्रहरीको नियन्त्रणमा छन् । मृतक पौडेल नेपाल शिक्षक सङ्घ चितवनका पूर्वअध्यक्ष रहेका थिए । सरदपुर माध्यमिक विद्यालयको पूर्वप्राध्यानाध्यापक एवं हाल सोही विद्यालयको व्यवस्थापन समितिको अध्यक्षको रुपमा काम गर्दै आएका थिए ।
नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा क्षेत्रीय प्रतिनिधिको रुपमा रहेका पौडेल विभिन्न सामाजिक सङ्घ संस्थामा रहेर काम गर्दै आएका नेपाली कांग्रेस चितवनका सचिव ध्रुव पोख्रेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण