आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

कस्तो छ राष्ट्रपति पौडेलको पछिल्लो स्वास्थ्य अवस्था ?

शनिबार, ०९ वैशाख २०८०, १८ : २९
शनिबार, ०९ वैशाख २०८०

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा थप सुधार आएको छ । स्वास्थ्यमा समस्या आएपछि पौडेल भारतमा उपचाररत छन् । 

दिल्लीस्थित नेपाली दूतावासले पौडेलको स्वास्थ्यमा थप सुधार आएको विज्ञप्तिमार्फत जनाएको छ ।  पौडेल ४ दिनअघि भारतको नयाँ दिल्लीस्थित अखिल भारत आयुर्विज्ञान संस्थान (एम्स) मा भर्ना भएका थिए । 

त्रिवि शिक्षण अस्पतालका चिकित्सकले भारत लैजान सुझाव दिएपछि उनलाई श्री एयरलाइन्सको जहाजमार्फत दिल्ली लगिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप