एसीसी प्रिमियर कप क्रिकेटमा यूएईले दियो सिंगापुरलाई ४७२ रनको लक्ष्य
काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कप क्रिकेटमा यूएईले सिंगापुरलाई विशाल लक्ष्य लिएको छ । यूएईले सिंगापुरलाई ४७२ रनको विशाल लक्ष्य दिएको हो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पहिला ब्याटिङ गरेको यूएईले ५० ओभर ४७१ रन बनाएको हो ।
यूएईका लागि कप्तान मोहमद वासिम र वृत्य अरबिन्दले शतकीय पारी खेले । उनीहरुले२४६ रनको साझेदारी गरे ।
सिंगापुरले जवाफी ब्याटिङ गर्दैछ ।
लगातार दुई हारसँगै अङ्क विहीन सिंगापुर आज पनि दवावमा देखिन्छ । यस प्रतियोगितामा १० राष्ट्रको सहभागिता रहेको छ । सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ । समूह 'ए' मा आयोजक नेपाल सहित मलेसिया,साउदी अरेबिया, कतार र ओमान रहेका छन् ।
समूह 'बी' मा बहराइन,कुवेत,सिंगापुर,हङकङ र युएई रहेका छन् । हरेक समूहमा शीर्ष स्थानमा रहने दुई टोली सेमिफाइनल खेल्ने छन् । सेमिफाइनलका विजेता राष्ट्रले फाइनल खेल्ने छ। फाइनलको विजेता टोली एसिया कपका लागि छनोट हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती खेलकुद: पुरुष क्रिकेटको उपाधि चितवनलाई
-
चूडामणि शर्माविरुद्धका दुई भ्रष्टाचार मुद्दामा विशेष अदालतद्वारा कागजात झिकाउने आदेश
-
सम्झौता उल्लङ्घन भए इरानमाथि फेरि कडा नाकाबन्दी लगाउँछौँ : अमेरिकी रक्षामन्त्री
-
युद्ध अन्त्य गर्ने सम्झौता अमेरिकाको हार : इरानी पत्रपत्रिका
-
फेरिँदै विद्यालय पाठ्यक्रम, नैतिक शिक्षालाई समेट्ने गरी अघि बढ्यो कार्यदल
-
तनहुँमा १९ जना शङ्कास्पद व्यक्ति पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण