शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

एसीसी प्रिमियर कप क्रिकेटमा यूएईले दियो सिंगापुरलाई ४७२ रनको लक्ष्य

आइतबार, १० वैशाख २०८०, १३ : ११
आइतबार, १० वैशाख २०८०

काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कप क्रिकेटमा यूएईले सिंगापुरलाई विशाल लक्ष्य लिएको छ । यूएईले सिंगापुरलाई ४७२ रनको विशाल लक्ष्य दिएको हो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा  पहिला ब्याटिङ गरेको यूएईले ५० ओभर ४७१ रन बनाएको हो ।

यूएईका लागि कप्तान मोहमद वासिम र वृत्य अरबिन्दले शतकीय पारी खेले । उनीहरुले२४६ रनको साझेदारी गरे ।

सिंगापुरले जवाफी ब्याटिङ गर्दैछ । 

लगातार दुई हारसँगै अङ्क विहीन सिंगापुर आज पनि दवावमा देखिन्छ । यस प्रतियोगितामा १० राष्ट्रको सहभागिता रहेको छ । सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ । समूह 'ए' मा आयोजक नेपाल सहित मलेसिया,साउदी अरेबिया, कतार र ओमान रहेका छन् ।

समूह 'बी' मा बहराइन,कुवेत,सिंगापुर,हङकङ र युएई रहेका छन् । हरेक समूहमा शीर्ष स्थानमा रहने दुई टोली सेमिफाइनल खेल्ने छन् । सेमिफाइनलका विजेता राष्ट्रले फाइनल खेल्ने छ। फाइनलको विजेता टोली एसिया कपका लागि छनोट हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप