बारा २ मा ६० प्रतिशत मत खस्यो, मतपेटिका संकलनको तयारी गरिँदै
आइतबार, १० वैशाख २०८०, १८ : ३२
काठमाडौँ । बारा निर्वाचन क्षेत्र नम्बर २ मा ६० प्रतिशत मत खेसेको छ । आइतबार भएको प्रतिनिधिसभा अन्तर्गत भएको उपनिर्वाचनमा ६० प्रतिशत मत खसेको हो ।
यसअघि गत मंसिरमा भएको निर्वाचनमा सो क्षेत्रमा ६४. ४४ प्रतिशत मत खसेको थियो ।
मतदान सकिएसँगै मतदान केन्द्रबाट मतपेटिका संकलनको तयारी भएको छ । ८२ मतदान केन्द्रका मतपेटिका संकलन गरेर कलैयास्थित शिक्षक तालिम केन्द्रमा ल्याएर गणना गरिने मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले बताए ।
मत पेटिका संकलन गरेर सर्वदलीय बैठकपछि आइतबारदेखि नै मतगणना गरिने उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा.गोविन्द केसीको सत्याग्रहबारे मन्त्रीलाई बोलाउन संसदीय समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण