प्रिन्स र रशिलाले एशिया च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने
काठमाडौँ । ब्याडमिन्टनका उदयमान खेलाडीद्वय प्रिन्स दाहाल र रशिला महर्जनले मित्र राष्ट्र युएईको दुबईमा आयोजना हुने ब्याडमिन्टन एशिया च्याम्पियनसिप २०२३ मा प्रतिस्पर्धा गर्ने भएका छन् ।
वैशाख १२ देखि १७ गते (अप्रिल २५ देखि ३०) सम्म आयोजना हुने उत्कृष्ट मध्यको एक च्याम्पियनसिप सुपर सेरिज १००० नामाकरण रहेको च्याम्पियनसिपमा नेपालले पुरुष एकल, महिला एकल र मिक्स जोडीमा गरी तीन विधामा प्रतिस्पर्धा गर्ने नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठले जानकारी गराए ।
उक्त प्रतियोगितामा राष्ट्रिय रेफ्रि अनुप रत्न शाक्यले निर्णायकको भूमिका निर्वाह गर्ने समेत अध्यक्ष श्रेष्ठले बताए ।
आइतबार एक कार्यक्रमबीच राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला ‘ज्वाला’ ले खेलाडी तथा निर्णायकलाई शुभकामनासहित बिदाइ गरे । बिदाइका क्रममा उपाध्यक्ष कोइरालाले नेपालका उच्च श्रेणीका व्यक्तिहरूले समेत प्रिन्सलाई पुरस्कार प्रदान गर्न लालायित रहने भन्दै त्यस सम्मानलाई कायम राख्दै सहभागिताका लागि मात्र खेल्न नभई उत्कृष्ट नतिजा ल्याउनेमा आफू विश्वस्त रहेको बताए ।
परीक्षाका कारण बिदाइ कार्यक्रममा रशिलाको उपस्थिति रहेन ।
बिदाइ कार्यक्रममा नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ, महासचिव वीरेन्द्र श्रेष्ठ, कोषाध्यक्ष, अनुज बस्नेत, सदस्य छविलाल शाही, प्रमुख प्रशिक्षक सुदीप योन्जन, बागमती प्रदेश ब्याडमिन्टन संघका अध्यक्ष रुद्र बहादुर थिङ्गको उपस्थिति रहेको थियो ।
टोली आजै दुबई प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाराजगन्ज–धोबीखोला सडक खण्डमा ज्याकारान्डा रोपण
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण