आगामी आर्थिक वर्षको बजेट १६ खर्ब रुपैयाँको आउने
काठमाडौँ । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट १६ खर्ब रुपैयाँ बराबरको मात्र आउने भएको छ । अर्थमन्त्री डा.प्रकाशशरण महतले सोमबार पार्टीको संसदीय दलको कार्यालयमा बजेट सम्बन्धी ब्रिफिङ गर्दै यस्तो जानकारी गराएका हुन् । सरकारको स्रोत खुम्चिएको अवस्थामा खर्चको दायरा समेत घटाउनुपर्ने बाध्यताकाबीच आगामी आर्थिक वर्षको बजेट १६ खर्बको सीमा झार्न लागिएको डा.महतको भनाइ छ ।
उसो त आगामी आर्थिक वर्षका लागि राष्ट्रिय योजना आयोगले १६ खर्ब ८८ अर्ब रुपैयाँ बराबरको निश्चित सीमाभित्र रहेर बजेट ल्याउन अर्थ मन्त्रालयलाई निर्देशन गरिसकेको छ । यो चालू आर्थिक वर्षको बजेटभन्दा १ खर्ब ५ अर्ब रुपैयाँले कम हो । चालू आर्थिक वर्षका लागि सरकारले कूल १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँ बराबरको बजेट ल्याएको थियो । तर, आर्थिक वर्षको ९ महिना वितिसक्दा समेत सरकारले मुस्किलले ५३ प्रतिशत बजेट खर्च गर्न सकेको छ भने यता राजस्व ५० प्रतिशत उठ्न सकेको छ ।
खर्चको स्रोत घटेसँगै सरकारले आगामी आर्थिक वर्षको बजेटमा साना फुटकर आयोजनाहरुको खर्च कटौती गर्ने नीति लिने अर्थमन्त्री डा.महतको भनाइ छ । प्राथमिकतामा रहेका र बहुवर्षीय ठूला आयोजनाहरुलाई निरन्तरता दिएर स्रोत अपुग आयोजनाहरुलाई स्थगित गरिने समेत अर्थमन्त्री डा.महतले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण