पानी परेपछि दर्शकसँग सेल्फीमा व्यस्त क्रिकेट खेलाडी, तस्बिरमा हेर्नुहोस्
काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत आफ्नो निर्धारित खेलका क्रममा वर्षा भएपछि नेपाली खेलाडी क्रिकेट प्रेमीहरुसँग सेल्फीमा रमाएका छन् ।
पानी परेर खेल पर धकेलिएको बेलामा नेपाली क्रिकेट खेलाडीहरु दर्शकसँग सेल्फी खिचाउनमा व्यस्त बनेका हुन् ।
समूह चरणमा नेपालले आज साउदी अरबसँग प्रतिस्पर्धा गर्ने तय थियो । तर, बिहान ९ बजेदेखि हुनुपर्ने खेल खराब मौसमका कारण रद्द नै हुन पुग्यो । खेल रद्द हुनुअघि र पछि दुबै समय खेलाडीहरु सेल्फी र प्यानसँग भलाकुसारीमा व्यस्त भएका हुन् ।
मूलपानी क्रिकेट मैदान क्षेत्रमा बिहानैदेखि सिमसिम पानी परेको थियो । मौसममा सुधार नहुने देखिएपनि खेल नै रद्द भएको घोषणा गरियो ।
उक्त प्रतियोगितामा विभिन्न १० राष्ट्रको सहभागिता रहेको छ । जसलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा आयोजक नेपालसहित मलेसिया, साउदी अरेबिया, कतार र ओमान रहेका छन् ।











खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्देशन कुर्नु पर्दैन, ऐनअनुसार बक्यौता उठाउनुस् : मन्त्री श्रेष्ठ
-
रामेश्वरले घटाएको विष्णुको बजेट स्वर्णिमले किन बढाए ?
-
चेक अनादर मुद्दामा फरार ग्रेटर नेपाल अभियानका अध्यक्ष फणिन्द्र नेपाल पक्राउ
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् पुनर्गठन, मन्त्रीहरूले लिए शपथ
-
सर्वोच्च अदालतद्वारा सुनुवाइको ‘लाइभ स्ट्रिमिङ’ परीक्षण
-
ट्राफिक नियम उल्लङ्घनको अभियोगमा हर्क साम्पाङलाई के भयो कारबाही ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण