पानी परेपछि दर्शकसँग सेल्फीमा व्यस्त क्रिकेट खेलाडी, तस्बिरमा हेर्नुहोस्

काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत आफ्नो निर्धारित खेलका क्रममा वर्षा भएपछि नेपाली खेलाडी क्रिकेट प्रेमीहरुसँग सेल्फीमा रमाएका छन् ।
पानी परेर खेल पर धकेलिएको बेलामा नेपाली क्रिकेट खेलाडीहरु दर्शकसँग सेल्फी खिचाउनमा व्यस्त बनेका हुन् ।
समूह चरणमा नेपालले आज साउदी अरबसँग प्रतिस्पर्धा गर्ने तय थियो । तर, बिहान ९ बजेदेखि हुनुपर्ने खेल खराब मौसमका कारण रद्द नै हुन पुग्यो । खेल रद्द हुनुअघि र पछि दुबै समय खेलाडीहरु सेल्फी र प्यानसँग भलाकुसारीमा व्यस्त भएका हुन् ।
मूलपानी क्रिकेट मैदान क्षेत्रमा बिहानैदेखि सिमसिम पानी परेको थियो । मौसममा सुधार नहुने देखिएपनि खेल नै रद्द भएको घोषणा गरियो ।
उक्त प्रतियोगितामा विभिन्न १० राष्ट्रको सहभागिता रहेको छ । जसलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा आयोजक नेपालसहित मलेसिया, साउदी अरेबिया, कतार र ओमान रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : भारतको ‘किट’ विश्वविद्यालयमा फेरि नेपाली छात्रा मृत फेलादेखि गृह मन्त्रालयमा मनपरीसम्म
-
रेशमलाई थुनामा पठाउन अनधिकृत पत्र लेख्ने विष्टलाई के हुन्छ कारबाही ?
-
किट विश्वविद्यालयमा नेपाली छात्रा मृत्यु प्रकरण : परिवार राति नै भारत जाँदै
-
रविन्द्र मिश्र लगायतका नेतालाई रिहाइ गर्न माग गर्दै रिले अनशन बस्ने
-
पोखरामा ‘लायन्स कप’ भलिबल : नेपाल पुलिस र इरानी टोली विजयी
-
उदयपुरमा जिप दुर्घटना, एक जनाको मृत्यु, ६ घाइते