सुनको व्यापार गर्दा बैंकलाई ३५ करोड घाटा
काठमाडौँ । सुनको व्यापार गर्दा वाणिज्य बैंकहरुले ३५ करोड घाटा बेहोरेका छन् । आर्थिक वर्ष २०७८/७९ मा ५ हजार ११३.७० किलो अर्थात् ४२ अर्ब ७० करोड रुपैयाँ बराबरको सुन आयात गर्दैगर्दा वाणिज्य बैंकहरुले ३५ करोड रुपैयाँ घाटा बेहोरेका हुन् ।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७ (१)(ग) बमोजिम ऐनमा व्यवस्था गरिएकोमा बाहेक बैंकले कुनै किसिमको व्यापार गर्न नपाउने व्यवस्था छ । तर, सोही ऐनको दफा ६५(१) बमोजिम बैंकले विदेशी विनिमय, सुन तथा बहुमूल्य धातु खरिद÷बिक्री गर्न सक्ने सुविधा दिएको छ ।
आफैमा विरोधावास यी दुई प्रावधानका बीच पनि सुनको खरिद बिक्री गरिरहेका बैंकहरुले आर्थिक वर्ष २०७८/७९ मा ५७ अर्ब ९४ करोड रुपैयाँ बराबरको सुनको कारोबार गरेको र उक्त कारोबारमा बैंकहरुलाई ३५ करोड रुपैयाँ (पुनरमूल्याङ्कन नोक्सानसहित) नोक्सान भएको महालेखापरीक्षकको ६०औं प्रतिवेदनले औंल्याएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
-
सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण