बचत खातामा दिइने ब्याजदरको अन्तर २ प्रतिशत विन्दुभन्दा बढीले फरक पार्न नपाइने

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाले सबै खाले बचत खातामा प्रदान गर्ने ब्याजदरको अन्तर २ प्रतिशत विन्दुभन्दा बढीले फरक पार्न नपाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।
तर, यस्तो नियम विपरीत बैंक तथा वित्तीय संस्थाहरुले आफू खुसी ब्याजदर लिने गरेको गुनासो बढेको छ ।
यसै सन्दर्भमा मंगलबार एक जनचेतनामूलक सन्देश जारी गर्दै केन्द्रीय बैंकले सबै खाताको ब्याजदर बुझेर मात्र बचत गर्न अनुरोध गरेको छ ।
‘नयाँ बचत खाताको विकास गर्दा पुरानो खाताको ब्याजदर अत्यन्तै कम भयो भन्ने आम गुनासोलाई सम्बोधन गर्न विभिन्न प्रकारका बचत खातामा दिइने ब्याजदरको अन्तर २ प्रतिशत विन्दुभन्दा बढीले फरक पार्न नपाइने व्यवस्था गरिएको छ’ राष्ट्र बैंकले बताएको छ ।
यस्तो ब्याजदर परिवर्तन गर्दा वा नयाँ बचत खाताको विकास गर्दा सबै प्रकारका बचत खाताको ब्याजदर सोही बमोजिम समायोजन (बढ्दा सबैको बढ्ने र घट्दा सबैको घट्ने) गर्नुपर्ने व्यवस्था समेत गरिएको केन्द्रीय बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी बढेसँगै सर्पको बिगबिगी
-
१० बजे १० समाचार : ३७ संशोधन अस्वीकृत गर्दै सरकारको नीति तथा कार्यक्रम पारित, प्रचण्डले खोजे हर्क साम्पाङको साथ
-
नोरा फतेहीको नेपाल कार्यक्रम : दुर्गेशसँग स्टेज सेयरदेखि सम्पदा भ्रमणसम्म
-
म्याग्दी पूर्ण खोप सुनिश्चितता एवं दिगोपना जिल्ला घोषणा
-
इजरायली आक्रमणमा गाजामा १३ जनाको मृत्यु, अधिकांश महिला र बालबालिका
-
१० जनाले गरे कञ्चनजङ्घा हिमाल आरोहण