बचत खातामा दिइने ब्याजदरको अन्तर २ प्रतिशत विन्दुभन्दा बढीले फरक पार्न नपाइने
काठमाडौँ । बैंक तथा वित्तीय संस्थाले सबै खाले बचत खातामा प्रदान गर्ने ब्याजदरको अन्तर २ प्रतिशत विन्दुभन्दा बढीले फरक पार्न नपाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।
तर, यस्तो नियम विपरीत बैंक तथा वित्तीय संस्थाहरुले आफू खुसी ब्याजदर लिने गरेको गुनासो बढेको छ ।
यसै सन्दर्भमा मंगलबार एक जनचेतनामूलक सन्देश जारी गर्दै केन्द्रीय बैंकले सबै खाताको ब्याजदर बुझेर मात्र बचत गर्न अनुरोध गरेको छ ।
‘नयाँ बचत खाताको विकास गर्दा पुरानो खाताको ब्याजदर अत्यन्तै कम भयो भन्ने आम गुनासोलाई सम्बोधन गर्न विभिन्न प्रकारका बचत खातामा दिइने ब्याजदरको अन्तर २ प्रतिशत विन्दुभन्दा बढीले फरक पार्न नपाइने व्यवस्था गरिएको छ’ राष्ट्र बैंकले बताएको छ ।
यस्तो ब्याजदर परिवर्तन गर्दा वा नयाँ बचत खाताको विकास गर्दा सबै प्रकारका बचत खाताको ब्याजदर सोही बमोजिम समायोजन (बढ्दा सबैको बढ्ने र घट्दा सबैको घट्ने) गर्नुपर्ने व्यवस्था समेत गरिएको केन्द्रीय बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण