भ्रष्टाचार नियन्त्रण गर्न सक्रिय हुन मन्त्री शर्माको आह्वान
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकमा विद्यमान भ्रष्टाचार नियन्त्रणका लागि सबै क्षेत्रलाई सक्रिय हुन आह्वान गरेकी छन् ।
बलियो कानुन बनाएर मात्रै भ्रष्टाचार नियन्त्रण नहुने भएकाले त्यसमा सबै राजनीतिक दल, सामाजिक संघ, संस्थाहरुले साझा संकल्प लिएर अघि बढ्नुपर्ने मन्त्री शर्माको भनाई थियो ।
मंगलबार प्रतिनिधिसभा बैठकमा ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७’ माथिको सैद्धान्तिक छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले भ्रष्टाचारलाई सदाका निम्ति अन्त्य गर्नुपर्ने आवश्यकता समेत औँल्याइन् ।
मन्त्री शर्माले भ्रष्टाचार नियन्त्रणका लागि राम्रालाई प्रोत्साहित गर्ने र नराम्रालाई दण्डित गर्ने कुरालाई प्रभावकारी ढंगले अघि बढाउनुपर्ने बताइन् ।
मन्त्री शर्माले भ्रष्टाचार नियन्त्रणका लागि दृढतापूर्वक अघि बढ्नुपर्नेमा पनि जोड दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण