१६८ (२) अनुसार लुम्बिनी प्रदेशमा सरकार गठनको आह्वान
बुटवल । लुम्बिनी प्रदेशमा प्रदेश प्रमुख अमिक शेरचनले सरकार गठनको लागि आह्वान गरेका छन्। शेरचनले संविधानसभा धारा १६८ को उपधारा २ अनुसार प्रदेश सरकार गठनको लागि आह्वान गरेका हुन्।
यसअघि सोमबार मुख्यमन्त्री लीला गिरीले विश्वास मत पाउन असफल भएका थिए । गिरीले विश्वासको मत प्राप्त गर्न असफल भएसँगै लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनमा अन्योल देखिएको थियो । संविधानको धारा १६८ को उपधारा २ कि ३ मा जाने भन्ने विषयमा अन्योल देखिएपछि प्रदेशका प्रमुख अमिक शेरचनले यसबारे छलफल सुरु गरेका थिए । शेरचनले नयाँ सरकार गठनका विषयमा महान्यायाधिवक्ताको कार्यालय काठमाडौँमा पत्राचार गरेर लिखित राय नै मागेका थिए ।
प्रदेश प्रमुखको कार्यालयद्वारा जारी गरिएको विज्ञप्तिमा संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई भन्दा बढी दलहरुको समर्थनमा हस्ताक्षर सहितको स्पष्ट बहुमत देखिने आधारसहित प्रस्तुत गर्न प्रदेश सभाको सदस्यलाई मुख्यमन्त्रीमा नियुक्ति गरी सरकार गठनको लागि २०८० साल बैशाख १४ गते बिहिबार १६:०० बजे भित्र दाबी पेश गर्न आह्वान गरिएको छ ।
सर्वोच्च अदालतको नजीर, कानुनी राय सुझावको आधार, २०७८/०१/३० मा राष्ट्रपतिबाट धारा ७६ को उपधारा २ बमोजिम दोस्रो पटक गरेको आह्वान र धारा १६८ को उपधारा (२) बमोजिम २ पटक सरकार बनेको यसै प्रदेशको नजिर, राजनैतिक स्थायीत्वको आवश्यकतालाई मध्यनजरमा राख्दै प्रदेशको समग्र हितलाई सर्वोपरी राखी हेर्दा प्रदेशलाई धेरै दिन अन्यौलमा राख्नु उचित नहुने बताउँदै संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि आह्वान गरिएको सूचनामा स्पष्ट पारिएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण