चितवन २ मा कांग्रेस- एमाले पहिलाभन्दा खुम्चिए
चितवन । प्रतिनिधिसभा सदस्यका लागि चितवन-२ मा उम्मेदवारी दर्ता भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) का उम्मेदवार रवि लामिछाने विजयी हुने अनुमान धेरैले गरेका थिए । अघिल्लो निर्वाचनभन्दा उपनिर्वाचनमा उनले कति मतान्तरले जित्छन् भन्ने बहस मात्र चोकचोकमा भइरहन्थ्यो ।
मंसिर ४ गते प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा लामिछानेले ४९ हजार ३ सय मत पाएका थिए । उनले उपनिर्वाचनमा ४ हजार ८ सय ७६ मत बढाएका छन् । यस पटक ५४ हजार १ सय ७६ मत ल्याएर उनी विजयी भए । कांग्रेस-एमालेको मत पहिलाभन्दा घटेको छ । दुवै दलले झन्डै ३ हजार ८ सय मत गुमाएका छन् । अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलेभन्दा अहिले जितनारायण श्रेष्ठले ३ हजार ७ सय ७४ कम मत पाए । कांग्रेसको मात्र होइन, एमालेको मत पनि उस्तै घटेको छ । अघिल्लो निर्वाचनमा एमालेका कृष्णभक्त पोखेलले १४ हजार ७ सय ५२ मत प्राप्त गरेका थिए । तर अहिले एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले पोख्रेलले भन्दा ३ हजार ७ सय ८६ मत कम पाए । आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२’ राईलाई प्रदान गरिने
-
तीन वर्षमा माध्यमिक तहका १ लाख ६४ हजार विद्यार्थी गायब
-
नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट
-
माइतीघरमा सुकुमबासीहरूले गरे विरोध प्रदर्शन, तस्बिरहरू
-
क्याम्ब्रिज अपस्किल्स अंग्रेजी परीक्षाको विश्वसनीयतामाथि प्रश्न, छानबिन र पुनःपरीक्षाको माग गर्दै निवेदन
-
मन्त्रिपरिषद् बैठक सकियो, सुनाइएन निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण